प्रेम सुनार गुल्मी/असार १८, गुल्मी ।  गुल्मीमा  स्थानिय निर्वाचनमा  कांग्रेस माआृेवादी केन्द्र विच भएको पाँच स्थान मध्ये दुई स्थानमा असफल भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार गुल्मी/असार १८, गुल्मी ।  गुल्मीमा  स्थानिय निर्वाचनमा  कांग्रेस माआृेवादी केन्द्र विच भएको पाँच स्थान मध्ये दुई स्थानमा असफल भएक"/>

९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा सत्तारुढ गठबन्धन दुईमा असफल, तिनमा सफल

१८ असार २०७४, आईतवार ०७:२४


प्रेम सुनार गुल्मी/असार १८, गुल्मी ।  गुल्मीमा  स्थानिय निर्वाचनमा  कांग्रेस माआृेवादी केन्द्र विच भएको पाँच स्थान मध्ये दुई स्थानमा असफल भएको छ भने तिन स्थानमा सफल भएको छ ।  रुरु र छञकोटमा एमालेले गठबन्धनलाई असफल बनाउन सफल भएको छ भने एमालेको किल्ला मानिने धुर्कोट, सत्वतीमा गठबन्धनले एमालेलाई असफल बनाएको छ भने कालिगण्डकीमा अग्रता लिई रहेको छ ।  गठबन्धनबाट सत्वतीमा  एक जना कांग्रेस र धुर्कोटमा माओवादी केन्द्रका नेताले प्रमुख पद जितेका छन् ।  

सत्यवती गाउँपालिकामा  कांग्रेस माओवादी गठबन्धनका  प्रमुख उमेदवार कांग्रेस नेता पारिश्वर ढकाल विजयी भएका छन् भने धुर्कोटमा माओवादी केन्द्रका नेता भुपाल पोखरेल गाउँ प्रमुखमा विजयी भएका छन् । 

ढकाल ५१९७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्धी एमालेका अमर सिह सिजापतिले ५१३३  ल्याएका थिए ।  उपप्रमुखमा  भने झिनो मतले एमाले उमेदवार शुवर्ण शाहि ५४४९ मत ल्याएर विजयी भएकी छिन् ।  गठवन्धनकी  उपप्रमुख उमेदवार माओवादी केन्द्रकी टोपकला थापाले  ४९५५  मत ल्याएकी थिईन् । त्यस्तै  धुर्कोट गाउँपालिकामा  एमालेको  किल्ला कांग्रेस माओवाद गठबन्धनले तोड्दै विजयी हाँसिल गरेका छन् । 

गठबन्धनले एमाले उमेदवार  कृष्ण घिमिरेलाई ३६५ मतको अन्तरले पछाडी पार्दै  माओवादी केन्द्रका नेता  भुपाल पोखरेल विजयी भएका हुन् । पोखरेलले ५११६ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्धन्द्धी एमालेका घिमिरेले ४७५३ मत ल्याएर पराजित भएका हुन् । 

त्यस्तै उपप्रमुखमा कांग्रेस  नेता  शिव केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् । छत्रकोट गाउँपालिकाको कांग्रेस माओवादी केन्द्रको गठबन्धन भने पराजित  भएकोा छ ।   छत्रकोटमा एमालेका जिल्ला अध्यक्ष  मधुकृष्ण पन्त प्रमुख पदमा विजयी भएका छन् । उनले ५ हजार ५ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनको  प्रतिद्धन्द्धी कांग्रेस माओवादी गठबन्धनका अनन्तराम पौडेलले ५ हजार १ सय १४ मत पाप्त गरेका थिए । 

उपाध्यक्षमा पनि एमालेकी नर्मदा भण्डारी ५ हजार ४ सय ७६ मतसहित विजयी  भएकी छिन् । माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद पाण्डले ४ हजार ७ सय २६ मत प्राप्त गरेका थिए । रुरुमा गठबन्धनका यदु ज्ञवालीलाई पराजित गरी एमालेका निलकण्ठ गौतम  विजयी भएका छन्  ।  

तर गठबन्धनले   प्रपोकण्डकै भरमा जितेको  आरोप लगाएको छ । पुराना व्यििक्त गौतमले हार्ने देखे पछि एउटी युवतीलाई हतियार बनाएर चुनावको मुखमा आई आफुलाई  ६ वर्ष पहिले यदु ज्ञवालीले आफुलाई सेक्स प्रस्ताव राखेको भन्ने अडियो काटकुट गरेर फेशबुकमा भाईरल बनाई एमालेले प्रपोकाण्ड मच्चाएको गठबन्धनको आरोप छ । 

उता एमाले जनले पनि  वम्घामा एमालेले गाई काटेर  दलितहरुलाई भोज खुवाएको भन्दै गठबन्धनले  प्रपोकाण्ड मच्चाएको आरोप लगाएका थिए ।  जिल्लामा  १२ स्थानिय तह निर्वाचन अवधीर सवै भन्दा तुच्छ प्रोपोकाण्ड त्यसै रुरु गाउँपालिकामा मात्र देखिएको छ । 

जवकी एक दोषिले गाई काट्छ् तर सिङ्गो पार्टी पंक्तिलाई जोडिन्छ । उता २७ वर्षिय अविवाहित ज्ञवालीले  प्रस्ताव राखेकै भए  कति ठुलो कुरा थियो र  ? त्यो पनि ६ वर्ष अघिको कुरा  चुनावको मुखमा आएर भाईरल । यसरी ‘गाई र हेलो हाई काण्ड ’ ले गठबन्धनलाई घाटा र एमालेलाई  फाईदा भएको स्वतन्त्र व्यक्तिहरुको विष्लेशण छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा