१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने

१४ मंसिर २०८१, शुक्रबार १६:३७

काठमाडौँ | स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार ६ घण्टा बयान लिइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बिहान ९:३० बजे सुरु गरिएको बयान दिउँसो ३:३० बजे सकिएको थियो। बयानपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा फर्काइएको छ।

 

सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठका अनुसार शुक्रबारको बयान पुरा हुन नसकेकाले रविलाई आइतबार पुनः बयानका लागि कार्यालयमा ल्याइनेछ। शनिबार सार्वजनिक बिदा परेकाले बयान स्थगित गरिएको हो।

लामिछानेमाथि पोखराको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। उनलाई यसअघि काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

प्रहरीका अनुसार रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दामा अनुसन्धान जारी छ। यस्ता मुद्दामा अनुसन्धानका लागि प्रहरीले ९० दिनसम्म हिरासतमा राख्न सक्ने कानूनी व्यवस्था छ।

रवि लामिछानेमाथि पाँचवटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि उनलाई बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा चितवन सहकारी, वीरगञ्जको सानापाइला सहकारी, र पोखराको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा बयानका लागि विभिन्न स्थानमा पुर्याइएको थियो।

चितवनमा समेत यस प्रकरणमा पूरक जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ। आइतबारको बयानपछि लामिछानेलाई थप अनुसन्धानका लागि पुनः पोखरा लैजाने योजना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ