2026-07-25 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने

काठमाडौँ | स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार ६ घण्टा बयान लिइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बिहान ९:३० बजे सुरु गरिएको बयान दिउँसो ३:३० बजे सकिएको थियो। बयानपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा फर्काइएको छ।

 

सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठका अनुसार शुक्रबारको बयान पुरा हुन नसकेकाले रविलाई आइतबार पुनः बयानका लागि कार्यालयमा ल्याइनेछ। शनिबार सार्वजनिक बिदा परेकाले बयान स्थगित गरिएको हो।

लामिछानेमाथि पोखराको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। उनलाई यसअघि काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

प्रहरीका अनुसार रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दामा अनुसन्धान जारी छ। यस्ता मुद्दामा अनुसन्धानका लागि प्रहरीले ९० दिनसम्म हिरासतमा राख्न सक्ने कानूनी व्यवस्था छ।

रवि लामिछानेमाथि पाँचवटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि उनलाई बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा चितवन सहकारी, वीरगञ्जको सानापाइला सहकारी, र पोखराको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा बयानका लागि विभिन्न स्थानमा पुर्याइएको थियो।

चितवनमा समेत यस प्रकरणमा पूरक जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ। आइतबारको बयानपछि लामिछानेलाई थप अनुसन्धानका लागि पुनः पोखरा लैजाने योजना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक