२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीका लागि कात्तिक महिनामै विदेशिए ७० हजारभन्दा बढी नेपाली

२०८१, १९ मंसिर बुधबार १४:५७

काठमाडौँ | कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपालीका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ६२ हजार ८९० पुरुष र आठ हजार १०० महिला रहेका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५९८ रहेको छ । जसमा १० हजार २६८ पुरुष र दुई हजार ३३० महिला रहेका छन् । त्यस्तै संस्थागत (मेनपावर) मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

कात्तिकमा ६७० जना मात्रै जी टु जी मार्फत गएका छन् । चालु आर्थिक वर्षको चार महिनामा करिब साढे २ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनदेखि कात्तिक मसान्तसम्ममा दुई लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या बढ्दो क्रममा छ । भने संस्थागत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या घट्दो छ ।

असोजमा ८ हजार ९३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका थिए भने कात्तिकमा १२ हजार ५९८ जना गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो