2026-09-26 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको आरोपपछि प्रहरीको प्रष्टोक्ति- ‘रविलाई सहमतिमै पोखरा लगिएको हो, डायरी हामीले देखेनौँ’

काठमाडौँ | चितवनको साहारा सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेलाई सहमतिमै पोखरा पठाइएको स्पष्ट पारेको छ। चितवन प्रहरीले यो कदम मानव अधिकारको उल्लङ्घन भएको भन्दै उठेको विवादलाई सम्बोधन गर्दै शुक्रबार स्पष्टीकरण दिएको हो।

चितवन प्रहरीका एसपी गौतम मिश्रका अनुसार लामिछानेलाई राति ३:३० बजे पोखरा पुर्‍याइएको थियो। उनले भने, “उहाँलाई जान सहमति भएपछि मात्र पोखरा लगिएको हो। यदि उहाँले अस्वीकार गर्नुभएको भए, हामी लग्ने थिएनौं।”

तर, रवि लामिछानेको दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), ले सरकारको निर्देशनमा उनलाई जबर्जस्ती सुतिरहेको अवस्थामा उठाएर पोखरा पुर्‍याइएको दाबी गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले यसलाई मानव अधिकारको उल्लङ्घन भन्दै विज्ञप्ति जारी गरेका छन्। झाले मानव अधिकारकर्मीहरूलाई समेत यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।

त्यसैगरी, चितवन प्रहरीका एसपी मिश्रले लामिछानेसँग चितवनमा डायरी नभएको पनि स्पष्ट गरेका छन्। उनले भने, “चितवनमा उहाँको साथमा कुनै डायरी थिएन। हामीले कुनै डायरी देखेका छैनौं।”

रास्वपाले भने लामिछानेको निजी डायरी गायब पारिएको आरोप लगाएको छ । कार्यवाहक प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा यसबारे भनिएको छ, ‘सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौँ ।’

सहकारी ठगीसम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई बुटवल, काठमाडौं र चितवन पुर्‍याइसकिएको छ । अब उनलाई वीरगञ्ज पुर्‍याउने तयारी गरिएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगञ्जको सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा मुछिएका छन् । यसअघि सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन समितिले लामिछानेमाथि अनुसन्धान गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह