प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर, उप मेयर सहित विजयी सम्पुर्ण जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गर्दै ओहदाको प्रमाण पत्र  प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर, उप मेयर सहित विजयी सम्पुर्ण जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गर्दै ओहदाको प्रमाण पत्र  प्"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीहरुद्धारा सपथ ग्रहण

२०७४, २३ असार शुक्रबार ०८:११


 प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर, उप मेयर सहित विजयी सम्पुर्ण जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गर्दै ओहदाको प्रमाण पत्र  प्राप्त गरेका छन् ।  

मेयरमा विजयी डिल्लीराज भुसाल, उपमेयर सिता भण्डारी र १४ वटै वडाका विजयी वडाध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासेनीले सपथ खुवाएका थिए भने अन्य सदस्यहरुलाई मेयर भुसालले सपथ  खुवाएका थिए ।

जनतालाई वडास्तरबाटै सेवा दिने

यसै विच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आजै पदभार समेत सम्हालेका छन् । पदभार ग्रहण  पश्चात भुसालले सम्पुर्ण वडाध्यक्ष सहितको बैठक राखेर १४ वटै वडामा कार्यालय खोल्ने ति सवैमा यधासिघ्र  वडा सचिव राखेर  वडा स्तरबाटै जनतालाई सहज सेवा प्रदान गर्ने निर्णय गराएका छन् ।

पहिलो बैठकको पहिलो निर्णय, नगरवासी सम्पुर्ण मतदाता, निर्वाचनमा खटिएका  कर्मचारी, सुरक्षा निकाय, पत्रकार सवैलाई धन्यवाद प्रस्ताव पास गरिएको छ ।

१४ वडामा जम्मा ५ जना मात्रै सचिवले सेवा दिदै आएकोले नगरपालिकाका विकट गाउँबाट जनता सेवा लिन आउँदा कठिनाई परेको भन्दै भुसालले वडाध्यक्षहरुलाई वडास्तरबाटै सेवा प्रदान गर्न विशेष निर्देशन दिएका थिए ।

उनले खानेपानी, सरसफाई, विद्युत मर्मत सम्भार र १४ वटै वडामा यातायात सेवा सहज बनाउन आफु  र  वडाध्यक्षहरुले विशेष ध्यान दिन जोड गरेका थिए । उनले नगरवासीहरुले शुद्ध पिउने पानी नपाएकोले त्यसका लागि तत्काल आफुले सम्वन्धित पक्ष संग  समन्वय गने बताएका थिए ।

त्यस्तै उपमेयर सिता भण्डारीले पनि आफ्नो न्याययिक कार्यभार सम्हालेकी छन् । उनले उत्पीडिनमा  परेका , आर्थिक र सामाजिक रुपमा पछाडी परेका महिलाका पक्षमा आफुले विषेष जोड दिने बताईन् ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी