2026-09-07 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गणेश मन्दिरको उद्घाटन तथा प्राणप्रतिस्थापन कार्यक्रम सम्पन्न

प्रकाश धौलाकोटी/असोज १, तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङको केउरेनी लाइनमा निर्माण गरिएको गणेश मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

t

मन्दिरको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले गणेश चतुर्थीको अवसरमा विहीबार उद्घाटन तथा प्राणप्रतिस्थापन गर्नुभएको हो । स्थानीय मोतीमान श्रेष्ठले साढे ५ लाख रुपैयाँ बढी पर्ने जग्गा दान गरेपछि विभिन्न समाजसेवी व्यक्तित्वहरुको सहयोगमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिर निर्माणका लागि समाजसेवी नैन पयांगुले २ लाख ४७ हजार ७ सय ७७ रुपैयाँ, समाजसेवी छत्रप्रसाद रिमालले ३५ हजार ५ सय ५५ रुपैयाँ र इन्द्रदल गुल्म तेह्रथुमको ७२ हजार रुपैयाँ निर्माण सहयोग तथा श्रमदान १६ हजार ९ सय रुपैयाँ रहेको गणेश मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो ।

उद्घाटन कार्यक्रमका अवसरमा मन्दिरमा पुजा आजा तथा भजनकिर्तन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित