2026-11-01 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला

पोखरा । पोखराको लामाचौरस्थित पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) अध्ययनरत एक छात्र क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका छन् ।

कैलालीको धनगढी स्थायी घर भई हाल पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय संगम पौडेल बुधबार साँझ क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका हुन् ।

पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको बाँधबाट एक युवाको खसेको सूचना पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरीको कालिका गण कास्कीबाट खटिएको उद्धार टोलीले बुधबार साँझ करीब साढे सात बजे पौडेलको शब् निकालेको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिए ।

क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएका पौडेल बुधबार साँझ ७ बजेर २० मिनेटमा सेतीको बाँधमा खसेको सूचना आएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । उक्त सूचना पाउनासाथ सशस्त्र प्रहरीको चार जना गोताखोरसहित नौ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द