2026-10-28 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा घर बनाउने पहिलो गुल्मेली खरेल खोलामा मृत फेला


प्रेम सुनार/साउन ३, गुल्मी । जापनमा ४ वटा रेस्टुरेण्टका सञ्चालक तथा जापनको जमिन नै किनेर घर बनाउने पहिलो गुल्मेली  ५५ वर्षिय भिमलाल खरेल जापानकै एक खोला किनारमा मृत फेला परेका छन् ।  

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७, साविकका रुपाकोट–९ दम्कुवा घर भएका हिजो विहान जापानको एक खोलामा मृत फेला जापनको प्रहरी श्रोतले जनाएको छ । 

जापानको टोकियास्थित मिनामीसेन्जु भन्ने शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा ब्राञ्च सञ्चालन गर्दै आएका खरेल अँस्ती साँझ जापनीज समय साढे आठ वजेतिर  घर नजिकैको  फुलवारी  रेष्टुरेण्टबाट अर्को  रेष्टुरेण्ट तर्फ जाँदै जाँदै गरेको उनका दाजु शेषकान्त खरेलले बताए ।  मृतककी श्रीमति हरिकला संग फोनबाट जानकारी ल्याए अनुसार त्यस साँझ साढे ९ वजेतिर उनको फोन बन्द भई सकेको थियो ।

राती अवेर सम्म नभेटिए पछि विहान प्रहरीलाई सुचित गर्दै त्यहाँको एक खोला किनारमा शव फेला परेको थियो । उनको मृत्यु रहस्यम रहेको त्यहाँको सम्पर्कमा रहेका दाजु शेषकान्त घरेलले  जानकारी दिए । 

उनले भने–‘  भाईको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज  पनि उनि संग नभए पछि एक जना ग्राहकको  पर्चिबाट शवको पहिचान भएको बताईएको छ । जापानको प्रहरीले सिसीटिभिको  माध्यमबाट उनको रहश्यमयमृत्युको अनुसन्धान गरी रहेको जानकारी  परिवारजनलाई दिएको छ । यो भन्दा बढि बोल्न सक्ने अवस्थामा छैनौं हामी ।’

मुम्वईको कोठी देखि जापानको निजी महल सम्मको यात्रा 

२२ वर्ष अघि देखि जापानमा बस्दै आएका खरेलको त्यस अघिको मजदुरीको कथा पनि आम सामन्य परिवारका नेपाली सहरकै थियो । 

करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दा गर्दै होटललाई लाईनको काम सिकेर जापान पुगेका थिए । त्यहाँ पुगेर  विभन्न मजदुरी गर्दा गर्दै खरेल पछि फुलवारी  रेष्टुरेण्ट सञ्चालन गर्न थाले त्यसलाई क्रमशः बृद्धि गर्दागर्दै  रेष्टुरेण्टको संख्या चर वटा पुराए । 

अन्ततः परिवारको दावि अनुसार जापानमा जमिन किनेर घर बनाउने पहिलो नेपालीका रुपमा ईतिहाँस रचे । परिवारको दावि वाहेक हामीले अरु जिल्लामा बुझ्न नसकेकोले उनलाई पहिलो गुल्मेली भन्न चाहेका हौं । किन कि हाल सम्म  घरको तला किनेर बसेका धेरै गुल्मेली पाईए पनि जमिन किनेरै घर बनाउने उनि बाहेक अरु गुल्मेली हाम्रो जानकारीमा आएका छैनन् । 

उनका दाजु शोषकान्तकै आँकलनमा उनले एक अर्व भन्दा बढि सम्पत्ति कमाएका छन् । 

जापानका आलिशान महल, महङ्गा महँङ्गा गाडी शानदार चार वटा रेष्टुरेण्ट, यता चितवनको घरतपुरमा दुई वटा आलिशान महल र थुप्रै जग्गा समेत किनेका छन् । यता गुल्मीको दम्कुवामा पनि उनले प्रशस्त खेत किनेका छन र घर पनि बनाएका छन् ।  यि सवै जोरिएको सम्पत्ती जोड्दा २२ वर्षे जापानी यात्रामा उनले एक अर्व भन्दा बढि कमाएको पाईएको उनका दाजु शोषकान्तले बताए । 

कमाएको केहि हिस्सा समाज सेवामा 

स्वर्गिय खरेल रुपाकोट र तुराङ्गका शैक्षिक   र अन्य सामाजिक क्षेत्रका सवै भन्दा ठुला दानविर भनेर चिनिदै आएका थिए । मजुवामा क्याम्पस स्थापना गर्न स्थानिय समाज सेवी जुटे । खरेलले तत्काल डेढ लाख उपलव्ध गराएर  खाता खोली दिए । 

नभन्दै उनको छिमेक मजुवामा मानका टिकाराम बहुमुखी क्याम्पस  स्थापना भएरै छाड्यो । केहि दिन अघि मात्र रुपाकोटकै दमकुवा शिवालय निर्माणका लागि उनले ५ लाख ५१ हजार सहयोग पठाएका थिए । रुपाकोटकै देवि देउराली मन्दिरमा धानयान्चल लगाउँदा पनि   उनले ५१ हजार पठाएका थिए ।

साविकका तुराङ्ग र रुपकोटका शैक्षिक संस्था, धार्मिक स्थान र असायहरुलाई उनले गरेको सहयोगको यहाँ उल्लेख गरी साध्य छैन् । स्वर्गिय खरेलकी श्रीमति हरिकला ,  २१ वर्षिय छोरा अर्जुन र ३ छोरीहरु जापनमै रहेका छन् ।  उनकी आमाको मृत्यु भई सकेको छ भने ९३ वर्षिय उनका पिता यति वेला पुत्र शोकले भाव्विहल रहेका छन् । स्वर्गिय खरेल हरेक दशैं घरै मनाउन आए झै यसपालीको दशैं मान्न आएका थिए भने फेरी माग महिनामा पनि गाउँमा आएका थिए ।

अरवौं सम्पत्तिका मालिक भए पनि उनि एउटा साधरण किशान मजदुर कै हैसियतबाट एक अर्का संग प्रस्तुत हुन्थे । जताततै घर भए पनि उनले गाउँको घर र खेती किशानी बढि मन पराउँदे उनका नजिकका आफन्त अस्लेवाका अर्जुन कनौजेका अनुसार उनले केहि समय पछि आफु पनि गाउँ फर्केर व्यवसायीक कृषि पेशा गर्ने सोंचमा थिए । 

अँस्ती साँझ श्रीमति हरिकला संग अर्को रेष्टुरेण्टमा जान्छु र छिट्टै आउँछु भनेका खरेलले साढे ९ वजे श्रीमतिको फोन उठाउन समेत पाएनन् । जापानमा परिवारजन मात्र नभई उनलाई चिन्नेहरु विच रुवावासी चलेको र यता परिवारजनले सोधेको जवाफ दिन समेत नसक्ने अवस्थामा रहेको उनका भाई  कृष्ण खरेलले बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला