३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नगरपालिका घोषणा भएकोमा कांग्रेस तेह्रथुमद्धारा खुसी व्यक्त

७ आश्विन २०७२, बिहीबार ०१:१०

प्रकाश धौलाकोटी, असोज ७, तेह्रथुम । तेह्रथुमका पाँच गाविसलाई समेटेर लालीगुराँस नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाली कांग्रेसले नगरस्तरीय समन्वय समिति विस्तार गरेको छ । आज जिल्ला पार्टी कार्यालयमा कार्यवाहक जिल्ला सभापति अर्जुन तुम्बाहाम्फेको अध्यक्षतामा भएको एक भेलाले नगरक्षेत्रमा समन्वयका लागि अर्जुनबाबु मावोहाङको सभापतित्वमा ११ सदस्यीय नेपाली कांग्रेस नगर समन्वय समिति गठन गरेको हो ।

समितिको उपसभापतिमा अमरबहादुर गुरुङ, सचिवमा रामकृष्ण निरौला, सहसचिवमा देवेन्द्र खड्का र कोषाध्यक्षमा नगेन्द्र कार्की रहनुभएको छ । सदस्यहरुमा देवेन्द्र थापा, कर्णबहादुर गुरुङ, हिक्मत घिमिरे, महेन्द्र लिम्बु, श्यामबहादुर लिम्बु र तिला पोखरेल रहेका छन् । सरकारले नयाँ शहरको रुपमा विकास गर्ने घोषणा गरेको बसन्तपुरलाई केन्द्र बनाएर फुलेक, दाँगपा, सोल्मा र सुङनाम गाविसलाई समेटी असोज १ गते लालीगुराँस नगरपालिका घोषणा गरेको थियो ।

कांग्रेसले बसन्तपुरलाई केन्द्रित गरेर भएको नयाँ नगरपालिका घोषणाले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा समेत सहयोग पुग्ने भन्दै हर्षका साथ नेपाल सरकार स्थानीय विकास मन्त्रालयलाई धन्यवाद समेत प्रकट गरेको छ । भेलामा जिल्ला कार्य समितिका पदाधिकारी, त्यस क्षेत्रका गाउँ इकाइ सभापतिहरु र कांग्रेस कार्यकर्ताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली