2026-09-02 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा फेरी अर्का दलित कुटिए, त्यो पनि वडाध्यक्षबाटै

प्रेम सुनार | साउन–५, गुल्मी ।  केहि दिन अघि गुल्मीमा एक जना दलित होटलमा खान खाएको भाँडा नमाझेको भन्दै निर्घात कुटिएको घटना सेलाउँन नपाउँदै गुल्मी मै फेरी अर्का दलित त्यो पनि नवनिर्वाचित वडाध्यक्षबाटै कुटिएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ , ग्वाघाका  नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गरेका हुन् । साउने सक्रान्तिको दिउँसो करिव ३ वजेको समयमा घरको तगारो नजिक वसी रहेका बिकलाई वडाध्यक्ष पुनले आएर एक्कासी चप्पल र हातले कानमा असर पर्ने गरी कुटपिट गरेको  विरुद्ध चन्द्रकोट ईलाका प्रहरी कार्यालयमा उजुरी परेपछि आज सो कार्यालयमा छलफल चलिरहेको छ  ।

त्यस विषयमा अहिले  दुवै पक्षलाई बोलाएर छलफल चलिरहेको सो कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले जानकारी दिए । वडाध्यक्ष पुनबाट कुटिएका बिकको कानको जाली फुटेर सुन्न नसक्ने भएको उनका परिवारजनले बताएका छन् ।

टेलिफोन सम्पर्क गर्दा श्रीमानले कान सुन्न छाडेको भन्दै उनको श्रीमतिले फोन उठाईन् । के कसरी कुटिएको हो ? बताउन लगाउनुस भने पछि बिकले भने–‘  यहाँकी एक महिला संग  चुनावको प्रचार ताका एमालेले जस्ता पाता र ५ हजारका दरले पैसा बाँड्छौं भनेको थियो के रे , अहिले एमालेले जिते पछि त त्यो देला नि, नत्र जनताले कालो मोसो दल्छन भनेर भनेको थिएँ । त्यो कुरो सुनेर एक्कासी आएर मलाई हाने, मैले कान सुन्नै छाडेको छु । ’

बिक बुटवलमा उपचार गरी हिजो साँझ घर आएका हुन् ।  वडाध्यक्ष पुनले बढि बोल्न पाईन्छ र ? जथाभावी वोले पछि सामन्य हात हालेकै हो, कानको जाली फुट्ने गरी चाँही होईन भने । दलित सञ्जाल चन्द्रकोटका अनुसार यस घटनामा  जातिय विभेद नझल्कीए पनि दलितहरु माथी पहिलेको जस्तो हेपाह प्रवृद्धि चाँही हो ।

जथाभावी के बोले बिकले र कुट्नु भयो त ? भन्ने प्रश्नमा वडाध्यक्ष पुनले अहिले मासमा छु, पछि भनौला भनेर फोन राखे । जनतालाई जितको उपहार हो, झापड ? भन्ने प्रश्नमा उनी अलि अकमकिए ।

उता  केहि दिन अघि किराना पसल संगै रहेको घरेलु मदिरा भट्टीमा खाना खाएको भाँडा नमाझेको भन्दै मरणशन्य कुटिएका  मुसिकोट ४ , बडागाउँ हलोगाडेका कर्णबहादुर नेपालीको जिल्ला अस्पताल तम्घासमा उपचार सम्भव नभए पछि भैरहवा रिफर गरिएको छ ।

अन्य घाउँ यहाँ निको भए पनि नेपालीको आँखामा लागेको चोट निको नभए पछि आँखा अस्पताल भैरहबा रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ । नेपालीलाई त्यस अस्पतालमा १५ दिन बस्नु पर्ने डाक्टरले बताएको उपचार गर्न  त्यहाँ पुराएकी  बडागाउँकी मिरा बिकले जानकारी दिईन् ।

कुटपिट र  जातिय विभेद गरेको आरोप लागेका कृष्ण कार्की यति वेला जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन भने उनकी आमा शोभा कार्की प्रहरीको निगरानीमा छन् । उनिहरु विरुद्ध अदालतमा छुवाछुत विभेद तथा कुटपिटको मुद्धा दायर भएको प्रहरीले जनाएको छ ।

यस घटनालाई लिएर नेपाल राष्ट्रिय दलित आयोगका सदस्य मनजित ताम्राकारको नेतृत्वमा राजधानीका विभिन्न संस्थाबाट  ८ जना अधिकारकर्मीको टोली आजै गुल्मी आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली