2026-09-06 10:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आजबाट क्यानडा-मेक्सिको र चीनमाथि कर लगाउने राष्ट्रपति ट्रम्पको निर्णय

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अर्थात् फेब्रुअरी १ ​​बाट क्यानडा, मेक्सिको र चीनमाथि कर लगाउने जनाएका छन्।

शुक्रबार ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले डोनाल्ड ट्रम्पले शनिबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर लगाउने जनाएकी थिइन्।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाले कर बढाए आफू पनि कारवाहीमा उत्रले बताएका थिए। मिडिया रिपोर्टहरूका अनुसार क्यानडाले प्रतिशोधात्मक उपायको रूपमा ट्रम्पको गृह राज्य फ्लोरिडाबाट आउने सुन्तलाको जुसमा शुल्क लगाउन सक्छ।

त्यस्तै मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले परिस्थितिको मूल्याङ्कन गरेपछि मात्र थप निर्णय लिने बताइन्। यद्यपि उनले मेक्सिकोले पनि बदला लिन सक्ने चेतावनी दिएकी छन्। शिनबाउमले आफ्नो जनताको सम्मानको लागि कुनै पनि दबाब बिना वार्ता गर्न सधैं तयार रहने जनाएकी छन्।

ट्रम्पले बिहीबार क्यानडा र मेक्सिकोमा २५% कर लगाउने जनाएका थिए। यी देशहरूसँग अमेरिकाको आर्थिक कारोबारमा घाटा धेरै उच्च रहेको उनले उल्लेख गरेका छन्।

मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन्। यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ