2026-09-06 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्यानडा र मेक्सिको दुवैले अमेरिकामाथि २५ प्रतिशत कर लगाउने

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दुवै छिमेकी क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि यी दुवै देशले अमेरिकामाथि पनि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतवार एक पत्रकार सम्मेलनमा भने ‘क्यानडाले पनि डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा आफ्नै शुल्क लगाउनेछ।’

ट्रुडोले भने – उनी अमेरिकीहरूसँग प्रत्यक्ष कुरा गर्न चाहन्छन्। उनले यो निर्णयले मूल्य र अमेरिकी अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने बताए ।

ट्रुडोले आफ्नो सरकारले १५५ अर्ब डलरको अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने बताएका छन् ।

क्यानडाका कम्पनीहरूलाई समय दिन मङ्गलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनमा यो महशुल लागू हुने र बाँकी १२५ अर्ब डलरका उत्पादनमा आगामी २१ दिनभित्र लागू हुने उनले बताए ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले पनि आफ्नो देशले अमेरिकामाथि थप कर लगाउने बताइन् । उनले भनिन्, ‘अमेरिकाविरुद्ध करवृद्धिसहित प्रतिशोधात्मक कारबाही गर्ने छौँ।’

राष्ट्रपति शेनबाउमले लेखेकी छिन्, “म प्लान बी कार्यान्वयन गर्न अर्थ सचिवलाई निर्देशन दिन्छु, जसमा हामी काम गरिरहेका छौं। यसमा मेक्सिकोको रक्षासँग सम्बन्धित ट्यारिफ र गैर-ट्यारिफ उपायहरू समावेश छन्।” यद्यपी ती के हुनेछन् भन्ने बारे कुनै जानकारी दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ