2026-09-06 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जस्टिन बिबर र हेलीको सम्बन्ध चिसियो, हेलीले मागिन् तीन सय मिलियन क्षतिपूर्ति

काठमाडौँ | आफ्नो गीतले पूरै विश्वलाई पागल बनाएका चर्चित गायक जस्टिन बिबरको व्यक्तिगत जीवनमा सबै कुरा ठीक छैन । केही मिडिया पोर्टलहरूले दाबी गरेका छन् कि जस्टिनले आफ्नी पत्नी हेली बाल्डविनसँग सम्बन्धविच्छेद गर्न खोजिरहेका छन् । वास्तवमा दुवैले ७ वर्षअघि अर्थात् २०१८ मा विवाह गरेका थिए ।

६ महिनाअघि मात्रै हेलीले छोरा ज्याक ब्लुज बिबरलाई जन्म दिएकी थिइन् र अहिले छोराको जन्म भएको केही महिनापछि नै उनीहरुको सम्बन्धविच्छेदको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि, जस्टिन वा हेलीबाट यसबारे कुनै पुष्टि भएको छैन।

जानकारीका अनुसार हेलीसँग अलग हुनु जस्टिनका लागि निकै महँगो सावित हुन सक्छ । किनभने हेलीले उनीबाट ३०० मिलियन डलर भागमा लिन सक्ने जनाइएको छ ।

डिभोर्सको निर्णय हेलीले लिएको पनि रिपोर्टमा लेखिएको छ । किनभने उनी जस्टिनको बानीबाट निकै चिन्तित र हैरान छिन् । जस्टिनलाई ड्रग्सको बानी छ, उनले हेलीसँग बिहे गर्दा आफ्नी श्रीमतीलाई ड्रग्सबाट टाढा रहने आश्वासन दिएका थिए तर जस्टिनले आफ्नो वाचा तोडेका छन् । उनको यो बानीले हेलीलाई विचलित बनाइरहेको छ ।

हेलीले रक्सी खाएको जस्टिनको व्यवहार मन पराउँदैनन्। उनी आफ्नो सन्तानको भविष्यलाई लिएर चिन्तित छिन् । जस्टिनको बानीलाई ध्यानमा राख्दै हेलीले आफ्नो बच्चाको पूर्ण हेरचाहका लागि आवेदन दिन सक्छिन्। यही कारण उनीहरुको तर्फबाट ठूलो रकमको माग भइरहेको छ ।

हेली र जस्टिनले सन् २०१५ अर्थात् १० वर्षअघि एक अर्कालाई डेट गर्न थालेका थिए । त्यतिबेला जस्टिन २१ वर्ष र हेली १९ वर्षकी थिइन् । तर, सुरुमा यो सम्बन्ध लामो समय टिक्न सकेन । एक वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरुको ब्रेकअप भएको थियो ।

तर केही वर्षपछि दुवैले एक अर्कालाई फेरि भेटे र दुवैले आफू एक अर्काका लागि बनेका हुन् भन्ने कुरामा विश्वस्त भए र त्यसपछि जस्टिन–हेलीले विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ