Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अब खुल्ला कारागार, वन्दीहरु भित्र होईन वाहिर काममा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/साउन ८, गुल्मी । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र त्यसको नीति निमार्ण भए पछि भोलीका दिनमा बन्दीहरु कारागार भित्र नभएर बाहिर खुल्ला काममा लगाउन सकिने बताएका छन् ।

आज विहान गुल्मी जिल्ला कारागारको निरक्षण गर्दै उनले यस्तो बताएका हुन् । उनले भने– ‘ नेपालमा भुकम्प जाँदा चिनबाट काम गर्न आउने त्यहाँका कैदीहरु थिए, चिनमा कैदीहरुलाई कारागारमा होईन, विभिन्न सरकारी कार्यालय निमार्ण र  राज्यले गर्ने अन्य निर्माण स्थलमा श्रम गर्न लगाईन्छ , नेपालमा पनि अहिलेको संविधानले त्यही परिकल्पना गरेकोले दलहरुले नीति निर्माणमा  ऐक्यबद्धता जनाए अव नेपालमा पनि कैदीहरुलाई कारागार भित्र होईन,  उनिहरुलाई सम्पर्कमा राख्दै वाहिर काममा लगाईने छ ।’

गौतमले गुल्मीको जिल्ला कारागार असुक्षित र कम क्षमताको भएको बताए ।  धेरै पुरानो र साँघुरो रहेछ । खेल मैदान सहित फराकिलो र सुरक्षित स्थानमा कारागार बनाउनु पर्ने उनले बताए । उनले गुल्मीका कैदी बन्दीहरु मुढा  र ढाका बुनाई गरेर कारागारलाई सुधार गृहका रुपमा विकास गरेको प्रति सह्राना गरे ।

भित्र वसेर आफुहरुलाई सुधार गर्दै यहाँका बन्दीहरुले घर खर्च समेत जुटाउन सकेको प्रगतिलाई अन्य जिल्लाका वन्दीहरुले पनि अनुसरण गर्नु पनेमा  सुझाव दिए ।

गौतमले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको समेत निरक्षण  गरेका थिए । त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयको कार्य सम्पादनको अवस्थाबारे पनि चासो राखेको जिल्ला न्यायधिवक्त लक्ष्मण घिमिरेले जानकारी दिए ।

नायव महान्यायधिवक्ता गौतमले काम  कर्तव्य र अधिकार क्षेत्रलाई चुस्त बनाउनँदै छिटो छरिटो मुस्कान सहितको सेवा नागरिकलाई दिलाउन निर्देशन समेत दिएको घिमिरेले बताए । घिमिरे आजै अर्घाखाँचीमा समेत निरक्षण गर्न पुगेका छन् ।