2026-09-07 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पहिरोले पुरिएर एकै परिवारका दुईको मृत्यु

असोज २१, तेह्रथुम /जिल्लाको खाम्लालुङ्ग गाविसमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परी अन्य दुई जना घाइते भएका छन् ।

घरमाथिबाट पहिरो खस्दा खाम्लुङ गाविस ६ बस्ने ४८ वर्षीय लोकेन्द्र कुरुङवाङ र उनको ८ वर्षीय छोरा संगम कुरुङवाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त पहिरोमा परी घाइते हुनेहरुमा लोकेन्द्रकी ४६ वर्षीया पत्नी रेश्मा र १६ वर्षीया छोरी सन्ध्या रहेका छन् । घाइते दुबै जनालाई आठराई अस्पताल पुर्‍याईएको छ ।

बुधबार राति सोही गाविस ६ मा पर्ने फलामे साँघु जलबिद्युत आयोजनाको कुलो भत्किदा उनको घरमाथिबाट पहिरो खसेर घर पुरिएको हो ।
पहिरोले कुरूङवाङ परिवारको दुई वटा भैसी र चार वटा बाख्रासमेत पुरिएको छ।

इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिई घाइतेहरुको उद्दार गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित