२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

आफ्नै छोरी हत्या गरि जङ्गलमा फालेको आरोपमा बाबुछोरा पक्राउ

२०७४, १६ श्रावण सोमबार ०२:५१

सरोज यादव/साउन १६, महोत्तरी । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ ।

बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ ।

गत साउन ७ गते मृतक सन्तोलियालाई उनकै बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोले मुख थुनेर घाँटीमा सलको पासो लगाई हत्या गरी सोही जंगलको एक खोल्सीमा फालेको प्रहरी अनुसन्धानका क्रममा खुलासा भएको छ ।

सर्लाही हरिवन नगरपालिका–५ माइती रहेको मृतककी श्रीमान् विगत केही दिन वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका छन् ।

श्रीमान् घरमा नरहेको समयमा सन्तोलियाले बाहिर अनैतिक सम्बन्ध स्थापित गर्दै आएको र सो सम्बन्धमा परिवारले जति सम्झाउँदा पनि नमानेपछि दाजु र बुबाले नै हत्या गरेको प्रहरीले पाँच दिनको लामो अनुसन्धानपछि पत्ता लगाएको प्रहरी नायब उपरीक्षक दिपक पोखरेलले बताउनुभयो ।

हरिवन नगरपालिका–५ माइती घर भएकी सन्तोलिया कुमारीको विवाह समाजिक परम्पराअनुसार २०६९ सालमा गौशाला नगरपालिका–२ का विक्रम महतोसँग भएको थियो । 

मृतकको शव दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको छ भने मृतकको बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोलाई शनिबार इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएका छन् ।

दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सन्तोलियाको शव साउन १० गते बीच जंगलमा किरा परेको र सडेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी