३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो

६ चैत्र २०८१, बुधबार १३:१९

एजेन्सी | इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध सुरु गरेको बताएका छन्।

मंगलबार राति भिडिओ सार्वजनिक गर्दै उनले यो त सुरुवात मात्र भएको चेतावनी दिएका छन्। इजरायलले गाजामा भीषण हवाई हमला गरिसकेको बेला उनको बयान आएको हो।

आक्रमणमा अहिलेसम्म ४०० भन्दा बढी प्यालेस्टिनी मारिएको र सयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ। इजरायलको रक्षा बलले जारी गरेको विज्ञप्तिमा हमासका ‘आतंकवादी लुकेका ठाउँ’ लाई निशाना बनाएको बताएको छ।

आफ्नो बयानमा नेतन्याहुले इजरायली बन्धकहरूलाई रिहा गर्न इजरायलले वार्ता गर्ने प्रयास गरेको तर हमासले हरेकपटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन्।

गाजामा जनवरी १९ मा युद्धविराम सुरु भएयता इजरायलले  सबैभन्दा ठूलो हवाई आक्रमण गरेको हो।

हमास र इजरायलबीच भएको सम्झौताअनुसार गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण मार्च ३० रातिबाट सकिएको थियो।

त्यसपछि अमेरिकी प्रस्तावमा इजरायल युद्धविराम ६ हप्ता लम्ब्याउन सहमत भए पनि हमासले अस्वीकार गरेको थियो।

युद्धविराम अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव हमासले अस्वीकार गरेपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

त्यसयता इजरायलले अहिले गाजामा पुन: आक्रमण थालेको हो।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट यसअघिसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासले बताएको थियो। त्यसमा अब ४०० जना थपिएका छन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड