३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री खड्काले आगलागी क्षेत्रको निरीक्षण गर्नुभयो

२८ चैत्र २०८१, बिहीबार १३:१०

आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गर्नुभएको छ । धनगढीबाट आउनुभएको मन्त्री खड्का, प्रदेशकै आन्तरिक मामिला मन्त्री हिरा सार्कीको टोलीले आजगनी भएको बजारको बिहीबार निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री खड्काले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिनुभएको छ । क्षतिको विवरण लिनेसँगै आगजनीबाट पीडित व्यक्तिहरूसँग समेत भेटघाट गरेको बताइएको छ । बुधबार बिहान सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठक सकेर खड्का क्षतिको स्थलगत निरीक्षणका लागि अछाम आउनुभएको हो । क्षतिको बारेमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँद र अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभएको थियो । अछाम मन्त्री खड्काको गृह जिल्ला हो ।

मङ्गलबार साँझ ७ः३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसलहरू जलेर नष्ट हुँदा आठ करोडभन्दा बढीको क्षति भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ । गाउँपालिकाका अनुसार पीडितको तत्कालका लागि व्यवस्थापन भएको भए पनि पीडितको दीर्घकालीन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको बताएको छ ।

गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले एक विज्ञप्ति जारी गरेर आगलागी नियन्त्रणका लागि दमकल सहयोग गर्ने मङ्गलसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय सहयोगीलाई धन्यवाद दिनुभएको छ । आगलागी भएको जयगढ बजारमा अछाम २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, नेकपा (एमाले) अछामका अध्यक्ष चन्द्र बोहरा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूले घटनास्थलको स्थलगत अध्ययन गरिसक्नुभएको छ । जनप्रतिनिधि, राजनीतिक दल र अन्य अगुवाहरूले पीडितलाई सहयोग गर्नका लागि अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली