२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री खड्काले आगलागी क्षेत्रको निरीक्षण गर्नुभयो

२०८१, २८ चैत्र बिहीबार १३:१०

आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गर्नुभएको छ । धनगढीबाट आउनुभएको मन्त्री खड्का, प्रदेशकै आन्तरिक मामिला मन्त्री हिरा सार्कीको टोलीले आजगनी भएको बजारको बिहीबार निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री खड्काले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिनुभएको छ । क्षतिको विवरण लिनेसँगै आगजनीबाट पीडित व्यक्तिहरूसँग समेत भेटघाट गरेको बताइएको छ । बुधबार बिहान सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठक सकेर खड्का क्षतिको स्थलगत निरीक्षणका लागि अछाम आउनुभएको हो । क्षतिको बारेमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँद र अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभएको थियो । अछाम मन्त्री खड्काको गृह जिल्ला हो ।

मङ्गलबार साँझ ७ः३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसलहरू जलेर नष्ट हुँदा आठ करोडभन्दा बढीको क्षति भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ । गाउँपालिकाका अनुसार पीडितको तत्कालका लागि व्यवस्थापन भएको भए पनि पीडितको दीर्घकालीन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको बताएको छ ।

गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले एक विज्ञप्ति जारी गरेर आगलागी नियन्त्रणका लागि दमकल सहयोग गर्ने मङ्गलसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय सहयोगीलाई धन्यवाद दिनुभएको छ । आगलागी भएको जयगढ बजारमा अछाम २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, नेकपा (एमाले) अछामका अध्यक्ष चन्द्र बोहरा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूले घटनास्थलको स्थलगत अध्ययन गरिसक्नुभएको छ । जनप्रतिनिधि, राजनीतिक दल र अन्य अगुवाहरूले पीडितलाई सहयोग गर्नका लागि अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर