2026-09-01 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा चार महिनामै पक्की पुल निर्माण

गुल्मी । गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गर्नुभएको हो ।
जिल्लामा सञ्चालित कैयौँ विकास योजनाहरू केही निर्माण व्यवसायीले समयमा काम नगरी अलपत्र परिहेको अवस्थामा खनालले डेढ वर्षको अवधिमा निर्माणसम्पन्न गर्नुपर्ने काम चार महिनामै सम्पन्न गर्नुभएको हो ।
गुल्मीको पञ्चमीपोखरी–अग्लुङ हुँदै प्यूठान जोड्ने सडकमा पक्की पुल निर्माण गरिएको छ । छोटो अवधिमै पुल निर्माणको काम नगरेर खनालले काम गर्ने इच्छाशक्ति भएमा तोकिएको समय नै पर्खनुपर्छ भन्ने मान्यतालाई चिरेर नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ ।
उक्त पुल निर्माणका लागि गत वर्ष जेठमा सम्झौता भएपछि बर्सात सुरु भएको र त्यसपछि दसँैतिहारजस्ता चाडपर्वहरू परेका कारण त्यसपछि मङ्सिर महिनादेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माणको काम सम्पन्न गरिएको निर्माण व्यवसायी विजय खनालले बताउनुभयो । तर समयमै काम सम्पन्न गरे पनि ६० लाख रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको खनालले गुनासो गर्नुभयो ।
खनालले आफूले निर्माणको जिम्मा लिएका ९९ प्रतिशत योजनामा म्याद थप नगरेको बताउनुभयो । यति छोटो समयमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरु पनि अचम्म परेका छन् । मदाने गाउँपालिका–१ का वडाध्यक्ष सुशील चन्दले निर्माण व्यवसायीमा इच्छाशक्ति भएमा योजना कसरी सम्पन्न हुन्छन् भन्ने नयाँ उदाहरण खनालले देखाएको बताउनुभयो ।
सडक पुर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणका लागि कमल–अर्जुन–सिटी जेभीले गत वर्षको जेठ ८ गते सम्झौता गरेको थियो । उक्त पुल भ्याटसहित रु चार करोड १४ लाख २९ हजार ९७९ को लागतमा सम्झौता भएको सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचिदानन्द चौधरीले जानकारी दिनुभयो ।
गत मङ्सिर पहिलो हप्ता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दिनेश पन्थीले पुलको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला