२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण भुमिका खेलेको एमाले जिल्ला सचिव बोगटीको भनाई

२०७२, १३ भाद्र आईतवार ००:३२

कमल रावल, भदौ १३, अछाम / नेकपा एमालेका जिल्ला सचिव यज्ञ बोगटीले जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ । जिल्ला विकास समिति, क्षेत्रीय कार्यालय तथा राष्ट्रिय योजना आयोग मार्फत जिल्लाको विकासका लागि विभिन्न योजना बिनियोजन र त्यसको कार्यान्वयनको लागि अग्रणी भूमिका खेलीरहेको बताउनु भयो । नेकपा एमाले मंगलसैन नगरकमिटि वडा नम्बर ६ को अगुवा कार्यकर्ता भेलामा प्रम्ख अतिथिको आशनबाट बोल्दै एमाले जिल्ला सचिव बोगटीले जिल्लाको सन्तुलित विकासको लागि पार्टीले भूमिका खेलिरहेको र स्थानीयले पनि विकासमा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । वडा कमिटि अध्यक्ष तोरण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यकर्ता भेलामा सचिव बोगटीले यो क्षेत्र जिल्ला सदरमुकाम संग नजिक रहेको कारणले यहाँ सञ्चालित विकास निर्माण प्रभावकारी रुपमा अघि बढाउनु पर्ने र स्थानीय पनि सक्रिय भएमा विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । अहिले देश संविधान निर्माणको क्रममा अघि बढीरहेको तर विभिन्न जात जाति र समुदायले जातिय द्धन्द निम्त्याउने कार्य गरिरहेको भन्दै यसमा सबैले सचेत रहनुपर्ने उहाँको भनाई छ । संविधान निर्माण पछि हुने स्थानीय चुनावमा एमालेलाई बहुमत दिलाउन सबै कार्यकर्ता एकजुट हुनुपर्ने र एमालेले जनताको भलाई हुने कार्य गर्ने विगतका क्रियाकलापबाट प्रमाणित भैसकेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै एमाले संगठन विभाग प्रमुख पदम बोहराले जनताले तिरेको करबाट गाउँमा आउने विकासका योजनामा कसैले अनियमितता गरेमा सबै मिलेर नंग्याउनुपर्ने बताउनु भयो । केही गाउँमा सञ्चालित केही योजनाको सामाजिक लेखापरिक्षण नभएको र रकम योजना अनुसार खर्च नभएको कार्यकर्ताको गुनासोमा नेता बोहराले यसो भएमा त्यस्तालाई छोड्न नहुनेमा जोड दिनुभयो । एमाले जनताको पार्टी भएको भन्दै जनताका हरेक सवालमा पार्टीले आवाज उठाई नीति निर्माण गर्ने कार्य गरिरहेको उहाँको भनाई छ । एमालेले सबै कार्यकर्ताको शिर ठाडो पार्ने काम गरेको दाबी गर्नुभयो । एमाले सिद्धान्त र विचारमा चल्ने पार्टी भएको भन्दै सबै कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सदस्य गंगा कामी, क्षेत्रीय सदस्य टंकप्रसाद भण्डारी, भावना विक, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नर बहादुर रावल, जिल्ला सदस्य मनिराज भण्डारी, एमाले मंगलसैन नगर कमिटि सचिव चन्द्रप्रसाद भण्डारी, प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारी, सेती अञ्चल सदस्य राजेन्द्र कुवँर, पूर्व गाउँ कमिटि सचिव कुलानन्द भण्डारी, अनेरास्ववियु जिल्ला सचिव देविराम जैसी, वडा नम्बर ७ का वडा कमिटि अध्यक्ष कालुसिंह कामी, पूर्व गाउँ कमिटि अध्यक्ष राजेश्वर भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको विभिन्न पार्टी परित्याग गरी ३ जना प्रवेश गरेका थिए । कार्यक्रमको संचालन बेदप्रसाद भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र