२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड सुरु

२०८२, ३ बैशाख बुधबार १९:३०

वैशाख ३, बैतडी । यहाँको पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरू भएको छ ।

कमल विशाल पार्क खेल मैदानमा सुरू भएको प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा मन्त्री भण्डारीसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, पूर्वसंविधानसभा सदस्य नरेन्द्र कुँवर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतको उपस्थिति थियो ।

जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता यही वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको यो १५औँ संस्करण हो । दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहमा रहेका विद्यालयका खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरूमा प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय रनिङसिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ सिल्डका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध