२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग

२०८२, ४ बैशाख बिहीबार १७:२८

काठमाडौँ | कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी)को सेवालाई कदर हुने गरी बजेट ल्याउने बताउनुभएको छ । नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा)मा आबद्ध सुर्खेतस्थित स्वयंसेवीहरुको माग तथा सुझावपत्र आज सुर्खेत वीरेन्द्रनगरमा ग्रहण गर्दै उहाँले स्वयंसेवीहरुको सेवालाई सम्मान हुने बजेट ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । नागरिकको स्वास्थ्य उपचार तथा प्रवद्र्धनमा स्वयंसेवीहरुको भूमिका उल्लेखनीय रहेको बताउँदै उहाँले स्वयंसेवी महिलाहरुलाई राज्यका निकायबाट कदर हुन नसकेका बारेमा आफू जानकार जनाउनुभयो ।

सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास छ । कर्णाली प्रदेशस्थित स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको छ ।”

नेभाका तर्फबाट दिइएका सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीहरूद्वारा प्रदान गरिने सेवालाई सहज मन्त्री भण्डारीको भनाइ थियो । स्वयंसेवीहरुले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रतिवर्षको ३० हजारका दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत रु २० हजार बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदनबापत रु सात हजार उपलब्ध गराउनुपर्नेलगायतका माग तथा सुझाव मन्त्रीसमक्ष पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली