२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

लुग्राको वडा नम्बर ८ छाउपडि गोठ मुक्त वडा घोषणा

१६ भाद्र २०७२, बुधबार ०६:१०

कमल रावल, भदौ १६, अछाम / लुग्रा गाबिसको वडा नम्बर ८ लाई एक कार्यक्रमका बिच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । वडाका ६४ घरधुरिका महिनावारी हुने समुहका महिला तथा किशोरि सुरक्षित तरिकाले घरमै बस्न थालेपछि गाबिसको तेस्रो वडाको घोषणा गरिएको हो । छाउपडि वडा निगरानि समितीका संयोजक टिका पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी ईञ्चार्ज विष्णु बहादुर बम प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती बलमे छाउपडि गोठमा बस्नाले महिलालाई विभिन्न खालका रोगहरु लाग्ने र वालवालिकालाई समेत पोषिलो खाना नदिनाले कुपोषण बढदै गईरहेको बताउनु भयो ।

घोषणा गरेर मात्र नभई यसलाई कार्यान्वयन तिर सबै एकजुट हुनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपालि काग्रेसका झकर बहादुर खडका, नेकपा एमालेका दल बहादुर खडका, ऐमाओवादिका लाल बहादुर खडका, रेडियो रामारोशनका विक्रम परियार, दयापिपल तोला माविका प्रअ प्रेम बहादुर खडका, गाबिस प्रतिनिधी वसन्ती गिरि, देवकन्या प्राविका प्रअ दान बहादुर खडका, सेवक नेपालका नृप साउद, वाल संरक्षण समितीका पुर्ण बहादुर खडका, गाबिस स्तरिय निगरानि समितीका उप संयोजक धिराजन खडका, समाजसेवि प्रभुनाथ पाण्डे, दलित प्रतिनिधि किथ्थे विक, महिला निर्मला पाण्डे, वाल क्लबका जयराज पाण्डे लगाएतले शुभकामना मन्तव्य राखेका थिए । काशिराम पाण्डेको स्वागत मन्तन्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन देव प्रसाद पाण्डेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली