प्रेम सुनार | साउन २४, गुल्मी | तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर ? सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन २४, गुल्मी | तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर ? सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्"/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुद्धारा आफ्नै ६ वर्षिया छोरीको बलात्कार, ७३ वर्षियाद्धारा पनि वलात्कार..

२४ श्रावण २०७४, मंगलवार १५:४९

प्रेम सुनार | साउन २४, गुल्मी | तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर ? सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्यही अकल्पनिय घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको यस वर्षको घटना विवरण अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ७ का ३५ वर्षिय प्रेम सार्कीले आफ्नी ६ वर्षिया छोरी लाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

त्यस कार्यालय मुद्धाफाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले ६ वषिया छोरीको जवरजस्ती करणी उद्यागेको र अर्को छोराले आमाको हत्या अनि ७३ वर्षिय बृद्धद्धारा एक महिलाको वलात्कार घटना विरलै घट्ने घटनाहरु यस वर्ष गुल्मीमा घटेको बताए । गुल्मीको विशुखर्क बस्ने ७३ वर्षिय बृद्धले स्थानिय सुस्तमनस्थितीकी २२ वर्षिया महिलालाई वलात्कार गरेको अभियोगमा अदालतले पर्पक्षका लागि थुनामा पठाई सकेको समेत यादवले जानकारी दिए ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर १२ का ३५ वर्षिय कृष्णप्रसाद आचार्यले १४ वर्षिया बालिका , सोही नगरपालिका वडा नम्वर ११ का रमेश तङ्गनामीले १३ वर्षिया वालिका, ईस्मागाउँपालिका वडा नम्वर ४ का २४ वर्षिय शिवलाल थापाले १९ वर्यिया महिला, रुरुगाउँपालिका वडा नम्वर ७ का ४६ वर्षिय गणेश भन्ने लक्ष्मीप्रसाद ज्ञवालीले ४२ वर्षिया बोल्न र सुन्नै नसक्ने महिलालाई वलात्कार गरेको अभियोगमा मुद्धा चलिरहेको छ । त्यस्तै मुसिकोट ३ का ५१ वर्षिय यमबहादुर  सुर्यबंशीलाई पनि  ११ वर्षिया वालिका करणी उद्योगमा मुद्धा दर्ता हुने क्रममा रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली