प्रेम सुनार | साउन–२४, गुल्मी ।  स्थानिय गाउँ प्रमुख र नगर प्रमुखहरुको तामझामले स्थानिय विकासका लागि केन्द्रले पठाएको रकम  जनप्रतिनिधीहरुकै  शान–शौक पुरा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | साउन–२४, गुल्मी ।  स्थानिय गाउँ प्रमुख र नगर प्रमुखहरुको तामझामले स्थानिय विकासका लागि केन्द्रले पठाएको रकम  जनप्रतिनिधीहरुकै  शान–शौक पुरा ग"/>

2026-10-28 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एमाले र कांग्रेस जनप्रतिनिधिहरुको शान- हेलिकप्टर चढेर कार्यक्रम उद्घाटन, मासिक एक लाखको गाडीभाडा

प्रेम सुनार | साउन–२४, गुल्मी ।  स्थानिय गाउँ प्रमुख र नगर प्रमुखहरुको तामझामले स्थानिय विकासका लागि केन्द्रले पठाएको रकम  जनप्रतिनिधीहरुकै  शान–शौक पुरा गर्दैमा सकिने हो कि भन्ने संकेत देखिएको छ । गुल्मीका एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुखहरुले मासिक एक लाख सम्म भाडा तिरेर गाडीमा सयल गरी रहेका छन भने छिमेकी जिल्ला वाग्लुङ्ग  ढोरपाटिनका मेयर कार्यक्रम उद्घाटन गर्न समेत हेलिकप्टर चढेर हिड्न थालेका छन् ।

 उनि मंगलवार ढोरपाटन स्थित  उत्तरगंगा बनबुकी जलाधार मन्दिर संरक्षण तथा सम्वर्धन समितिले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्न आफुले विभिन्न व्यवसाय गर्ने स्थान पोखराबाट नाइन एन–एजिएनको प्रभु हेलिकप्टर   हेलिकप्टर चढेर पुगेका हुन् ।  कार्यक्रम उद्घाटन गरी फर्किदै गर्दा इन्धन अभाव भए पछि आकष्मीक रुपमा वाग्लुङ्गको वरेङ्गमा अवतरण गरी पोखराबाट फेरी अर्को हेलिकप्टरमा ईन्धन मगाएर मेयर नेपाली पोखरा फर्केकाछन् ।

कार्यक्रमको लामो समय सम्म हेलिकप्टर अवतरण गरी रहँदा  ईन्धन सकिएको वरेङ्ग स्थि रेडियो विहानीका स्टेशन म्यानेजर शेखर थापाले जानकारी पाएको बताए।  मेयर नेपाली नेकपा एमालेबाट विजयी भएका हुन । मेयरको उमेदवारी माओवादी केन्द्रले नदिए पछि एमाले बनेर विजयी भएका उनको अथाह सम्पत्ती रहेकोले निजी खर्चमा आएको हुन सक्ने वा नगरपालिकाले त्यसको खर्च थेक्ने भन्ने वारे खुलेको छैन् ।

यता  गुल्मीमा नेकपा एमालेबाटै विजयी ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मासिक एक लाखको गाडी भाडामा लिएर हिड्ने निर्णय गरिएको बताईएको छ । तर विष्टले यस्तो निर्णय गरिए पनि गाउँपालिका परिषदले पास गर्न बाँकी रहेको बताए । चुनाव ताका प्रयोग गरिएको उक्त गाडी अरु पालिकाले फिर्ता गरे पनि उनले त्यसैलाई निरन्तरता दिएका छन् । यता नेपाली कांग्रेसबाट विजयी गुल्मी दरवार गाउँपालिका प्रमुख अशोक कुमार थापाले पनि मासिक एक लाख भन्दा बढि रकमको गाडी भारामा लिएर हिड्ने निर्णय गरेको सो गाउँपालिकाले जनाएको छ । उनले पनि चुनावताकाकै गाडीलाई निरन्तरता दिएका हुन् ।

मुसिकोट गाउँपालिकामा पनि मेयर सोमनाथ सापकोटाले चुनावताकाकै एक लाख मासिक भाडा तिरेर गाडी चढिरहेका छन् । उनि पनि नेकपा एमालेबाट विजयी मेयर हुन् । २ नगर र १० गाउँपालिका मध्ये अन्य पालिकाहरुमा भने चुनावी व्यवस्थापनका लागि मात्र प्रयोग पाउने गरी निर्वाचन आयोगले सञ्चालन गर्न दिएका गाडीहरु तोकेकै मितिमा जनप्रतिनिधीहरुले फिर्ता गरी सकेका छन् । अन्य पालिकाका प्रमुख र अन्य जनप्रतिनिधीहरु गाउँपालिकामा आएको मोटर साईकल र नपाएको खण्डमा सार्वजानिक यातयातका साधानहरु प्रयोग गरिरहेका छन् । उता सत्यवती गाउँपालिका प्रमुख वेद थपा मगर पनि पुरै वडामा मोटर साईकल पनि नचढेर जनताको घर घरमा पुग्न रुचाएको कार्यकारी प्रमुख वावुराम पल्लीले बताए । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल आफ्नो निजी मोटर साईकलमा उपप्रमुख शिवबहादुर खत्रीलाई जहाँ गए पनि संगै लिएर हिड्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था