प्रेम सुनार | साउन–२४, गुल्मी ।  स्थानिय गाउँ प्रमुख र नगर प्रमुखहरुको तामझामले स्थानिय विकासका लागि केन्द्रले पठाएको रकम  जनप्रतिनिधीहरुकै  शान–शौक पुरा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | साउन–२४, गुल्मी ।  स्थानिय गाउँ प्रमुख र नगर प्रमुखहरुको तामझामले स्थानिय विकासका लागि केन्द्रले पठाएको रकम  जनप्रतिनिधीहरुकै  शान–शौक पुरा ग"/>

2026-09-02 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एमाले र कांग्रेस जनप्रतिनिधिहरुको शान- हेलिकप्टर चढेर कार्यक्रम उद्घाटन, मासिक एक लाखको गाडीभाडा

प्रेम सुनार | साउन–२४, गुल्मी ।  स्थानिय गाउँ प्रमुख र नगर प्रमुखहरुको तामझामले स्थानिय विकासका लागि केन्द्रले पठाएको रकम  जनप्रतिनिधीहरुकै  शान–शौक पुरा गर्दैमा सकिने हो कि भन्ने संकेत देखिएको छ । गुल्मीका एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुखहरुले मासिक एक लाख सम्म भाडा तिरेर गाडीमा सयल गरी रहेका छन भने छिमेकी जिल्ला वाग्लुङ्ग  ढोरपाटिनका मेयर कार्यक्रम उद्घाटन गर्न समेत हेलिकप्टर चढेर हिड्न थालेका छन् ।

 उनि मंगलवार ढोरपाटन स्थित  उत्तरगंगा बनबुकी जलाधार मन्दिर संरक्षण तथा सम्वर्धन समितिले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्न आफुले विभिन्न व्यवसाय गर्ने स्थान पोखराबाट नाइन एन–एजिएनको प्रभु हेलिकप्टर   हेलिकप्टर चढेर पुगेका हुन् ।  कार्यक्रम उद्घाटन गरी फर्किदै गर्दा इन्धन अभाव भए पछि आकष्मीक रुपमा वाग्लुङ्गको वरेङ्गमा अवतरण गरी पोखराबाट फेरी अर्को हेलिकप्टरमा ईन्धन मगाएर मेयर नेपाली पोखरा फर्केकाछन् ।

कार्यक्रमको लामो समय सम्म हेलिकप्टर अवतरण गरी रहँदा  ईन्धन सकिएको वरेङ्ग स्थि रेडियो विहानीका स्टेशन म्यानेजर शेखर थापाले जानकारी पाएको बताए।  मेयर नेपाली नेकपा एमालेबाट विजयी भएका हुन । मेयरको उमेदवारी माओवादी केन्द्रले नदिए पछि एमाले बनेर विजयी भएका उनको अथाह सम्पत्ती रहेकोले निजी खर्चमा आएको हुन सक्ने वा नगरपालिकाले त्यसको खर्च थेक्ने भन्ने वारे खुलेको छैन् ।

यता  गुल्मीमा नेकपा एमालेबाटै विजयी ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मासिक एक लाखको गाडी भाडामा लिएर हिड्ने निर्णय गरिएको बताईएको छ । तर विष्टले यस्तो निर्णय गरिए पनि गाउँपालिका परिषदले पास गर्न बाँकी रहेको बताए । चुनाव ताका प्रयोग गरिएको उक्त गाडी अरु पालिकाले फिर्ता गरे पनि उनले त्यसैलाई निरन्तरता दिएका छन् । यता नेपाली कांग्रेसबाट विजयी गुल्मी दरवार गाउँपालिका प्रमुख अशोक कुमार थापाले पनि मासिक एक लाख भन्दा बढि रकमको गाडी भारामा लिएर हिड्ने निर्णय गरेको सो गाउँपालिकाले जनाएको छ । उनले पनि चुनावताकाकै गाडीलाई निरन्तरता दिएका हुन् ।

मुसिकोट गाउँपालिकामा पनि मेयर सोमनाथ सापकोटाले चुनावताकाकै एक लाख मासिक भाडा तिरेर गाडी चढिरहेका छन् । उनि पनि नेकपा एमालेबाट विजयी मेयर हुन् । २ नगर र १० गाउँपालिका मध्ये अन्य पालिकाहरुमा भने चुनावी व्यवस्थापनका लागि मात्र प्रयोग पाउने गरी निर्वाचन आयोगले सञ्चालन गर्न दिएका गाडीहरु तोकेकै मितिमा जनप्रतिनिधीहरुले फिर्ता गरी सकेका छन् । अन्य पालिकाका प्रमुख र अन्य जनप्रतिनिधीहरु गाउँपालिकामा आएको मोटर साईकल र नपाएको खण्डमा सार्वजानिक यातयातका साधानहरु प्रयोग गरिरहेका छन् । उता सत्यवती गाउँपालिका प्रमुख वेद थपा मगर पनि पुरै वडामा मोटर साईकल पनि नचढेर जनताको घर घरमा पुग्न रुचाएको कार्यकारी प्रमुख वावुराम पल्लीले बताए । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल आफ्नो निजी मोटर साईकलमा उपप्रमुख शिवबहादुर खत्रीलाई जहाँ गए पनि संगै लिएर हिड्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली