२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरजातिय विवाहको तिन महिनामै दलित युवतीले आत्महत्या गरिन

२५ श्रावण २०७४, बुधबार १२:१९

प्रेम सुनार/साउन २५, गुल्मी । दाङ्ग जिल्ला घर भई वाग्लुङ्ग बजारमा मजदुरी गर्दै आएका देवराज क्षेत्रीले बागलुङकै पैयुँपाटाकी २१ वर्षिया विष्णु सार्कीसंगं प्रेम सम्वन्ध राखी केहि दिनअघि मात्र वैवाहिक सम्वन्ध स्थापित गरेका थिए । 

विवाहको केहि दिनसम्म त सम्वन्ध सुमधुर रह्यो, त्यस पछि भने पारिवारिक तनाव र अपस खट्पट सुरु भयो । हिजो साझतिर पनि श्रीमान श्रीमतिविच  खट्पट भएको बताईएको छ ।

अहिले  केहिवेर अघि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा शव पोष्मार्टमका लागि ल्याईएकी उनै दलित युवतीको मृत्यु घटनाकावारे घटना स्थलबाटै फर्किएका प्रहरीसंग जिज्ञासा राख्दा अहिले भर्खरै केहि भन्न नसकीने प्रतिकृया दिए । 

बागलुङ नगरपालिका १४ नारायणस्थानको ठुलाखोरमा  आफ्नो लोग्नेसँगै डेरामा बस्दै आएकी विष्णुले साउन २४ गते डेरा कोठामै घाँटीमा पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनले आत्मा हत्या नै गरेको भए पनि कारक अन्तर जातिय विवाह नै भएको स्थानियको बुझाई छ । प्रहरीका अनुसार उनिहरु विच वैवाहिक सम्वन्ध राखेर त्यस कोठामासंगै बस्दै आएको त्यस्तै तिन महिना जति भएको छ ।

 नेपाली समाजका अन्य स्थानमा पनि दलित महिलाका लागि अन्तरजातिय प्रेम र विवाह सम्वन्ध कुनै न कुनै दिन गलाको पासो हुँदै आई रहेका बेला वाग्लुङ्गकी विष्णु सार्कीलाई पनि विवाहको तिन महिना नपुग्दै गलामा पासो बन्न पुगेको प्रारिम्भक अनुसन्धानले देखाएको बताईन्छ ।

स्मरण रहोस त्यसै वाग्लुङ्ग सक्न्याराका एक मगर समुदायका युवाले पारी गुल्मी पौदीअमराईकी  दलित महिलासंग प्रेम सम्वन्ध राखेको र ति दलित महिलाले विवाह गरौं नत्र प्रहरीमा उजुरी दिन्छु भनेपछि जातियताकै कारण स्वीकार्न नसकी हत्या गरी बढिघाट खोलामा फालेको घटना अझै एक महिना पुगेको छैन् ।  

वाग्लुङ्गका वरिष्ठ पत्रकार विदुर खड्का पनि उनको आत्मा हत्यालाई अन्तरजातिय विवाह सम्वन्ध नै कारक भएको बताउँ छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य