२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पा औलोको उच्च जोखिममा

२०८२, १२ बैशाख शुक्रबार २०:१५

तानसेन (पाल्पा) । पाल्पा औलोको उच्च जोखिममा रहेको छ । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोका कारण जिल्ला उच्च जोखिममा परेको हो ।

जिल्लामा हरेक वर्ष औलो सङ्क्रमित बिरामी भेटिने गरेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँको पछिल्लो छ वर्षको तथ्याङ्क अनुसार यहाँ २५ जनामा औलो पुष्टि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा दुई, आव २०७७/७८ मा एक, आव २०७८/७९ मा एक, आव २०७९/८० मा पाँच, आव २०८०/८१ मा सात र चालु आवको हालसम्म नौ जना बिरामीमा औलो फेला परेका स्वास्थ्य कार्यालयका औलो रोग कार्यक्रमका फोकल पर्सन एवं वरिष्ठ ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २५ मध्ये २४ जना आयातित औलोबाट सङ्क्रमित बिरामी हुन् ।

“गत वर्ष पूर्वखोला गाउँपालिकामा एक जना स्थानीय औलोबाट सङ्क्रमित भएका थिए । बाँकी सबै भारतबाट आउनेहरूमा देखिएको हो”, उहाँले भन्नुभयो । चालु आवको चैतसम्म नौ जना औलोका बिरामी भेटिएका छन् ।

फोकल पर्सन भट्टराईले यहाँका छ स्थानीय तहमा औलोका बिरामी फेला परेका बताउनुभयो । उहाँका अनुसार माथागढी गाउँपालिकामा तीन, बगनासकाली गाउँपालिकामा दुई, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाका एक÷एक जनामा औलो पुष्टि भएको हो ।

कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोबाट सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । विशेष गरी महाराष्ट्र, दिल्ली, गुजरातबाट आएकामा  देखिएको भट्टराईले जानकारी दिनुभयो । खुला सिमानाका कारण दैनिक भारत आवतजावत गर्नेहरू औलो सङ्क्रमित भई नेपाल आउने र उनीहरूबाट अरूमा सङ्क्रमण फैलिने जोखिम बढेको उहाँले बताउनुभयो ।

फोकल पर्सन भट्टराईले जिल्लामा बसोबास गर्ने भन्दा बाहिरबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढी छ । यसले सरकारको लक्ष्य प्राप्तिमा चुनौती थपेको हो ।

“पाल्पामा स्थानीय मलेरियाका बिरामी देखिनु, आयातित औलोका बिरामी बढ्दै जानु, कीटनाशकयुक्त झुल तथा विषादी माग अनुसार व्यवस्थापनमा कठिनाइ, आर्थिक स्रोतको अभाव, स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा इन्टोमोलोजिष्टहरूको अभाव, मलेरिया टेस्टकीट आवश्यकताअनुसार प्राप्त नहुनुलगायत कारणले औलो निवारणमा थप चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।

औलोबाट गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुने स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितलाई स्वास्थ्य कार्यालयले विशेष निगरानी बढाएको बताउनुभयो । उहाँका अनुसार सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुँदै आएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले औलो निवारणका लागि औलो बिरामीको आधारमा जोखिम क्षेत्रमा सक्रिय खोजपड्ताल, सीमानाका तथा समुदायमा शङ्कास्पद बिरामीको रक्त परीक्षण तथा रोगबारे सचेतना, जोखिमयुक्त क्षेत्रहरूमा झुल वितरण तथा कीटनाशक विषादी छिड्काउलगायत कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलो रोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ