२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी

२०८२, १६ बैशाख मंगलवार १६:१०

प्रधानमन्त्री मार्क कार्नीले सोमबार क्यानाडाको चुनाव जित्नुभएको छ । उहाँको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उहाँको सङ्कट व्यवस्थापनको अनुभवले उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको थियो ।

सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् तर उनीहरूले संसद्मा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन ।

कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रे प्रधानमन्त्री बन्न असफल हुनुभयो तर उहाँको पार्टी बलियो विपक्ष गठन गर्ने बाटोमा थियो ।

पहिले कहिल्यै निर्वाचित पदमा नरहनुभएका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गर्नुभएका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गर्नुभएको थियो ।

ट्रम्पको व्यापार युद्ध र विलयको धम्कीले क्यानाडालीहरूलाई आक्रोशित बनायो र संयुक्त राज्य अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो ।

साठ्ठी वर्षीय पूर्व लगानी बैंकर कार्नीले आफ्नो अभियान ट्रम्पविरोधी सन्देशमा आधारित गर्नुभयो, संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न क्यानाडाको विदेशी व्यापार सम्बन्धहरू विस्तार गर्ने वाचा गर्नुभयो र भन्नुभयो, “अब हामी अमेरिकालाई विश्वास गर्न सक्दैनौँ ।”

कार्नीले ट्रम्पको धम्कीलाई कठोर शब्दहरूमा वर्णन गर्नुभएको छ ।

“डोनाल्ड ट्रम्प हामीलाई तोड्न चाहनुहुन्छ ताकि अमेरिकाले हामीलाई आफ्नो बनाउन सकोस्”, उहाँले चुनावी अभियानमा भन्नुभयो, “उनीहरूलाई हाम्रो स्रोत चाहिन्छ, उनीहरूलाई हाम्रो पानी चाहिन्छ, उनीहरूलाई हाम्रो जमिन चाहिन्छ, उनीहरूलाई हाम्रो देश चाहिन्छ । उनीहरूले त्यो पाउन सक्दैनन् ।”

जब सिबिसी प्रक्षेपण घोषणा गरियो, ओटावा स्थलमा उल्लासको जयजयकार भयो जहाँ लिबरल समर्थकहरूले परिणामहरू हेरिरहेका थिए ।“म यस अर्थमा खुसी छु कि हामीले श्री ट्रम्पसँग उहाँको स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ”, ७२ वर्षीया डोरोथी गोबल्टले भन्नुभयो, “श्री ट्रम्प एक व्यापारी व्यक्ति हुनुहुन्छ, श्री कार्नी एक व्यापारी व्यक्ति हुनुहुन्छ र मलाई लाग्छ उहाँहरू दुवै सम्बन्धित हुन सक्नुहुन्छ ।”

ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उहाँको उपहास गर्नुभएको थियो र प्रधानमन्त्रीलाई ‘गभर्नर’ भन्दै क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रह गर्नुभएको थियो । गोबल्टले त्यो उपहास बन्द हुने अपेक्षा गरेको बताउनुभयो । “यो अब गभर्नर होइन, यो क्यानाडाको प्रधानमन्त्री हो र यो अब ५१ औँ राज्य होइन । यो ‘हामी क्यानाडा हौँ !’”

लिबरल विधायक र कार्नीको क्याबिनेटका सदस्य स्टिभन गिलबेल्टले परिणामलाई ट्रम्पसँग जोड्नुभयो । “राष्ट्रपति ट्रम्पद्वारा क्यानाडाको अर्थतन्त्रमा मात्र नभई अर्थतन्त्र, हाम्रो सार्वभौमिकता र हाम्रो पहिचानमा भएका थुप्रै आक्रमणहरूले क्यानाडालीहरूलाई साँच्चिकै परिचालन गरेको छ र मलाई लाग्छ उनीहरूले प्रधानमन्त्री कार्नीमा विश्व मञ्चमा अनुभव भएको, अर्थतन्त्रको अनुभव भएको व्यक्ति देखेका छन्”, उहाँले सिबिसीलाई भन्नुभयो ।

कार्नीले सन् २००८–२००९ को आर्थिक सङ्कटमा बैंक अफ क्यानाडाको नेतृत्व गर्नुभएको थियो र सन् २०१६ को ब्रेक्जिट मतदानमा आएको उथलपुथलमा बैंक अफ इङ्गल्यान्डको नेतृत्व गर्नुभएको थियो ।

– ट्रुडोको प्रस्थान –

ट्रुडोको प्रस्थान लिबरल जितका लागि पनि महत्त्वपूर्ण थियो । यो प्रस्थानले क्यानाडाको राजनीतिक इतिहासमा सबैभन्दा नाटकीय मोडहरू मध्ये एकलाई समेटेको थियो । ट्रुडोले राजीनामा दिने घोषणा गरेको जनवरी ६ का दिन ट्रुडोको दशकको शासनपछि बढ्दो खर्चहरू बारे सार्वजनिक आक्रोश बढेको अवस्थामा धेरैजसो सर्वेक्षणहरूमा कन्जर्भेटिभहरूले लिबरलहरूलाई २० भन्दा बढी अङ्कले अगुवाइ गरेका थिए ।

तर कार्नीले ट्रुडोलाई प्रतिस्थापन गर्नुभएपछि ट्रम्पका बारेमा राष्ट्रव्यापी चिन्तासँग मिलेर चुनावी दौडलाई परिवर्तन गर्‍यो । कार्नीले चुनावी अभियानभरि ट्रुडोबाट आफूलाई टाढा राख्नुभयो । उहाँले पूर्वप्रधानमन्त्रीले क्यानाडाको अर्थतन्त्र बढाउनमा पर्याप्त ध्यान नदिनुभएको बताउनुभयो । उहाँले कार्बन उत्सर्जनमा ट्रुडोको विवादास्पद कर खारेज गर्नुभयो । विवादास्पद करले धेरै मतदातालाई निराश बनाएको थियो ।

दुई दशकदेखि संसद्मा रहनुभएका ४५ वर्षीय पोइलिभ्रेका लागि यो परिणामले पीडादायी पराजयको सङ्केत गर्दछ । उहाँले ट्रम्पप्रति निर्देशित मौन क्रोधका लागि उहाँको आलोचना गरिएको थियो तर उहाँले घरेलु चिन्ताहरूमा ध्यान केन्द्रित राख्न चाहेको बताउनुभयो । उहाँले मतदाताहरूलाई कार्नीले असफल लिबरल शासनलाई निरन्तरता दिने प्रस्ताव गर्ने प्रयास गरेको विश्वास दिलाउन प्रयास गर्नुभयो तर यो तर्क असफल भयो ।

ओटावाको कन्जर्भेटिभ वाच पार्टीमा जेसन पिचेले उहाँ परिणामबाट आश्चर्यचकित भएको बताउनुभयो । “म आज राति ठूलो उत्सव गर्ने आशा गरिरहेको थिएँ”, उहाँले भन्नुभयो । क्यानाडाको चार करोड १० लाख जनतामध्ये करिब दुई करोड ९० लाख छ वटा समय क्षेत्र फैलिएको विशाल जी–७ देशमा मतदान गर्न योग्य थिए ।

बहुमतका लागि एक सय ७२ सिट आवश्यक रहेको क्यानाडाको तीन सय ४३ सदस्यीय संसद्को नतिजा अझै आउन बाँकी छ । लिबरलहरूले सन् २०१५ मा बहुमत प्राप्त गरे तर सन् २०१९ देखि अल्पसङ्ख्यकसँग मिलेर शासन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ