साउन २८, प्यूठान । कृषि उत्पादनमा आधुनिक प्रबिधी सहित उत्पादन बृद्धि गरी जिल्लालाइ आत्मनिर्भर बनाउने उदे्श्यका साथ भित्रिएको कृषि कार्यक्रम अन्र्तगत जिल्ला कृषि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, प्यूठान । कृषि उत्पादनमा आधुनिक प्रबिधी सहित उत्पादन बृद्धि गरी जिल्लालाइ आत्मनिर्भर बनाउने उदे्श्यका साथ भित्रिएको कृषि कार्यक्रम अन्र्तगत जिल्ला कृषि "/>
2026-09-16 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्युठानका किसानलाई अनुदानमा ५४ वटा हाते ट्रयाक्टर हस्तान्तरण

साउन २८, प्यूठान । कृषि उत्पादनमा आधुनिक प्रबिधी सहित उत्पादन बृद्धि गरी जिल्लालाइ आत्मनिर्भर बनाउने उदे्श्यका साथ भित्रिएको कृषि कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय प्युठानले अनुदानमा कृषकलाई ५४ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । 

उक्त ट्याक्टरहरु कुनै ८० प्रतिशतमा र अधिकांश भने ५० प्रतिशत अनुदानमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ ।

कार्यालयले आ.व. ०७३ अन्तिम समयमा करिब ८० लाखको अनुदानमा वितरण गरेको हो । 

कृषि प्रसारबाट ६ वटा हाते ट्रयाक्टर, २ वटा रोटाभेटर, ३ वटा हाते पङखा, ८ वटा पावर टिरल, ११ वटा मिनि टिलर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ वटा साना ट्रयाक्टर, ३ वटा ठुला ट्रयाक्टर र खाद्य सुरक्षाबाट १० वटा पे्रसर ट्रयाक्टर सहित जम्मा ५४ वटा ट्रयाक्टर उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत अमर बहादुर विष्टले जानकारी दिए ।

प्यूठानका बरिष्ठ कृषि विकास अधिकृत मधुसुधन घिमिरेले भने –‘खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको छ ।’ यसैबीच विभिन्न संस्था र समूहका कृषकलाई ५० प्रतिशत अनुदानमा ६० क्वीन्टल धानको बीउ र ४० क्वीन्टल मकैको बीउ उपलब्ध गराएको अधिकृत घिमिरेले बताए ।

हाल प्युठानमा ६ हजार ५ सय २५ हेक्टरमा धान खेती हुँदै आएको छ । माडी बेल्टलाई मकै उत्पादनको पकेट क्षेत्र घोषणा समेत गरिएको छ । उक्त क्षेत्रका कृषकहरुले यसै वर्ष देखि आधुनिक प्रविधि अपानाएर मकै खेती र धान खेतीमा लागेका छन् । राधिका भुसाल/स्वर्गद्वारी अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना