२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मेक्सिकोमा अमेरिकी सैनिक पठाउने ट्रम्पको प्रस्ताव

२०८२, २२ बैशाख सोमबार १२:२०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गर्नुभएको छ । सेनबामले शनिबार एक सार्वजनिक कार्यक्रममा उहाँले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको तर यसको सट्टा उहाँले नजिकको सहयोग र सूचना साझेदारीको प्रस्ताव गरेको खुलासा गर्नुभएको थियो ।

ट्रम्पले आइतबार पत्रकारहरूलाई कार्टेलहरू ‘डरलाग्दा मानिसहरू हुन् जसले दायाँ बायाँ मानिसहरूलाई मारिरहेका छन्’ भन्ने दाबी गर्दै आफूले सैनिक तैनाथीको प्रस्ताव गरेको ‘सत्य हो’ भन्नुभयो । “उनीहरूले लागुऔषध बेचेर र हाम्रा मानिसहरूलाई नष्ट गरेर धन कमाएका छन्, हामीले गत वर्ष तीन लाख मानिसलाई फेन्टानिल र लागुऔषधका कारण गुमाएका थियौँ”, ट्रम्पले भन्नुभयो, “यदि मेक्सिकोले कार्टेलहरूसँग मद्दत चाह्यो भने हामी भित्र गएर त्यसो गर्न पाउँदा सम्मानित हुनेछौँ । मैले उहाँलाई त्यही भनेँ । म भित्र गएर यसो गर्न पाउँदा सम्मानित हुनेछु ।”

ट्रम्पले मेक्सिकोमा भन्सार शुल्क लगाउने तर्कका रूपमा प्रयोग गर्दै मेक्सिकोले आप्रवासी र लागुऔषध, विशेष गरी फेन्टानिल, संयुक्त राज्य अमेरिकामा तस्करी रोक्न पर्याप्त काम नगरेको लामो समयदेखि गुनासो गर्दै आउनुभएको छ ।उहाँले अमेरिकाको दक्षिणी छिमेकी ‘पूर्ण रूपमा अपराधिक कार्टेलहरूको प्रभुत्वमा छ जसले हत्या, बलात्कार, यातना दिन्छन्’ भनेर मार्चको सुरुमा मेक्सिकालीहरूलाई क्रोधित बनाउनुभएको थियो ।आइतबार ट्रम्पले सेनबामले गैर–राज्य सशस्त्र समूहहरूबाट प्रतिशोधको धम्कीमा सेनाको आफ्नो प्रस्तावलाई अस्वीकार गर्नुभएको दाबी गर्नुभयो । “मेक्सिकोका राष्ट्रपति एउटी प्यारी महिला हुनुहुन्छ तर उहाँ कार्टेलहरूबाट यति डराउनुहुन्छ कि उहाँ सिधै सोच्न पनि सक्नुहुन्न”, ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध