३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

घातक काश्मीर आक्रमणपछि भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा

२२ बैशाख २०८२, सोमबार १२:२८

गत महिना काश्मीरको भारतीय नियन्त्रित भागमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि इस्लामाबाद र नयाँदिल्लीबीचको तनावमा मध्यस्थता गर्ने प्रयास गर्न इरानका विदेशमन्त्री सोमबार पाकिस्तानमा हुनुहुन्छ । पाकिस्तानको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीको भ्रमण विवादित काश्मीर क्षेत्रमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि तनाव बढेदेखि कुनै पनि विदेशी महानुभावको पहिलो भ्रमण हो । यो भ्रमण तेहरानले आणविक सशस्त्र छिमेकीहरूबीचको तनाव कम गर्न मद्दत गर्ने प्रस्ताव गरेको केही दिनपछि भएको हो ।

इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण गरेपछि वरिष्ठ पाकिस्तानी अधिकारीहरूले अराघचीलाई स्वागत गरेका थिए । उहाँले आफ्ना पाकिस्तानी समकक्षी इशाक डार, राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज सरिफलाई भेट्नुहुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप विवरण दिएको छैन । क्याबिनेट मन्त्री अत्ताउल्लाह तरारले यही वैशाख ९ गते (अप्रिल २२) मा पहलगामको रिसोर्ट सहरमा भएको आक्रमणको प्रतिक्रियामा भारतले पाकिस्तानमा आक्रमण गर्न सक्ने विश्वसनीय खुफिया जानकारी इस्लामाबादसँग रहेको बताउनुभएपछि गत हप्तादेखि पाकिस्तानको सशस्त्र सेना उच्च सतर्कतामा रहेको छ ।

पाकिस्तानले आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धान गर्न प्रस्ताव गरेको छ । नयाँदिल्लीले अहिलेसम्म यो प्रस्ताव स्वीकार गरेको छैन । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूसहित धेरै विश्व नेताले दुवै पक्षलाई संयम अपनाउन र थप तनावबाट बच्न आग्रह गरेका छन् ।

काश्मीर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा दावी गर्छन् । दुई देशले आफ्नो तीन युद्धमध्ये दुईवटा यस हिमालय क्षेत्रका लागि लडेका छन् र प्राय काश्मीरमा उनीहरूको प्रतिस्पर्धी दाबीका कारण उनीहरूको सम्बन्ध द्वन्द्व, आक्रामक कूटनीति र आपसी शङ्काबाट आकार लिएको छ । पछिल्लो झडपले दुई देशलाई एक अर्काका कूटनीतिज्ञ र नागरिकहरूलाई निष्कासन गर्न, साथै हवाई क्षेत्र बन्द गर्न प्रेरित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली