३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

२३ बैशाख २०८२, मंगलवार १२:४३

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको पुनरुत्थान शक्ति गुमाउन थालेपछि, मानवताले सन् २०२४ मा विकासमा अप्रत्याशित र ‘अस्थिर’ मन्दी दर्ता गरेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ ।

जीवनस्तर, स्वास्थ्य र शिक्षाको मापन गर्ने संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडिआई) अनुसार सन् २०२३ सम्ममा विश्व कोभिड–१९ महामारीको आघातबाट बाहिर आएको थियो ।

तर मङ्गलबार जारी गरिएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को वार्षिक प्रतिवेदनअनुसार त्यो पुनरुत्थानले गति गुमाउँदै गरेको देखिन्छ ।

“यदि त्यो ‘अस्थिर’ मन्दी नयाँ सामान्य बन्यो भने सन् २०३० सम्ममा मानव विकासको स्तर हासिल गर्ने आशा दशकौँसम्म तल झर्न सक्छ जसले हाम्रो विश्वलाई कम सुरक्षित, बढी विभाजित र आर्थिक र पारिस्थितिक आघातको जोखिममा पार्न सक्छ”, युएनडिपीका प्रमुख अचिम स्टेनरले चेतावनी दिनुभयो ।

हालै केही देशले घोषणा गरेको अन्तर्राष्ट्रिय सहायतामा गम्भीर कटौती – विशेष गरी संयुक्त राज्य अमेरिकामा, जहाँ ट्रम्पले कार्यक्रमहरू कटौती गर्नुभएको छ र मुलुकको मुख्य विदेशी विकास शाखा युएसएआइडी (युएसएड) लाई विघटन गर्नुभएको छ– ले यस समस्यालाई अझ बढाउने स्टेनरले एएफपीलाई एक अन्तर्वार्तामा बताउनुभयो ।

“यदि धनी देशहरूले विकासका लागि कोष दिन रोके भने, यसले अन्ततः अर्थतन्त्र, समाजलाई असर पार्नेछ र मलाई लाग्छ यसले मानव विकास सूचकाङ्क, कम आयु, घट्दो आय, थप द्वन्द्वको रेखामा एक वा दुई वर्ष तल पनि दर्ता गर्नेछ”, उहाँले भन्नुभयो ।

युएनडिपी विशेषज्ञहरू अझै सन् २०२४ मा देखिएको मन्दीको अन्तर्निहित कारणहरूबारे निश्चित छैनन् ।

तर उनीहरूले कम आयुमा प्रगतिको कमीलाई एक प्रमुख कारक पहिचान गरेका छन्, जुन कोभिडको दुष्प्रभावसँग वा विश्वभर बढ्दै गएका युद्धहरूसँग जोडिएको हुन सक्छ ।

त्यहाँ आशाको सम्भावित झलक छः आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विकास सुरु गर्ने अवस्था सिर्जना गर्न सक्ने युएनडिपीले सुझाव दिएको छ ।

“एआई व्यक्तिगत अर्थतन्त्रको विकास गर्न सम्भवतः सबैभन्दा ठूलो सम्भावित केन्द्रविन्दु हो, तर गरिब मानिसहरू, धनी मानिसहरू पनि फरक मार्गमा छन् । यसले हाम्रो जीवनको लगभग हरेक पक्षलाई परिवर्तन गर्नेछ”, स्टेनरले भन्नुभयो ।

यो मानिसहरूले कसरी प्रविधि प्रयोग गर्छन् भन्ने कुरामा निर्भर गर्ने प्रतिवेदनले जोड दिएको छ ।

प्रतिवेदनअनुसार जोखिमहरू छन्, गरीब देशहरूमा एआईको पहुँच धनी देशहरूमा जस्तो छैन र सांस्कृतिक पूर्वाग्रहले उपकरणहरू विकसित गर्ने तरिकालाई प्रभाव पार्न सक्छ ।

“तर हामी त्यो जोखिम कम गर्नाका लागि डिजाइन गर्न सक्छौँ”, उदाहरणका लागि चिकित्सा अनुसन्धानका लागि एआई प्रयोग गर्न बाधा हुनु हुँदैन भन्दै स्टेनरले भन्नुभयो ।

“भविष्य हाम्रो हातमा छ”, युएनडिपी प्रतिवेदनले भन्यो, “प्रविधि मानिसहरूको बारेमा हो, केवल वस्तुहरू मात्र होइन । आविष्कारको चमक–दमकभित्र महत्त्वपूर्ण छनोटहरू लुकेका छन्, थोरै वा धेरैले, जसको परिणामहरू पुस्तौँसम्म प्रतिध्वनित हुनेछन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली