२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साना विमानस्थलमा भएको इजरायली आक्रमणबाट ५० करोड अमेरिकी डलरको क्षति

२४ बैशाख २०८२, बुधबार १८:०७

यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको आक्रमणले टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उद्धृत गरी हुथी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

इजरायली आक्रमणमा ‘गम्भीर क्षति’ भएपछि विमानस्थलले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगन गरेको निर्देशक खालिद अल शैफले बताउनुभएको छ ।

आइतबार तेल अभिभको बेन गुरियन विमानस्थल नजिकै हुथी क्षेप्यास्त्र प्रहार भएको बदलामा इजरायलले सानास्थित विमानस्थलमा आक्रमण गरेको थियो ।

“साना विमानस्थलमा इजरायली आक्रमणका कारण करिब ५० करोड अमेरिकी डलरको क्षति भएको छ,” विमानस्थलका महानिर्देशक खालिद अल शैफले यमनी विद्रोही निकट मानिने अल–मसिराह टेलिभिजनसँग बताउनुभयो ।

“शत्रुले साना विमानस्थलका टर्मिनलहरू ध्वस्त पारिदिएको छ, जसमा सबै उपकरण र सामग्रीहरू समावेश छन्,“ उहाँले भन्नुभयो, “गोदाम पनि ‘पूर्ण रूपमा भ्वस्त’ गरिएको छ।”

यमेनिया एयरवेजका तीन वटा विमान जलेको र छ वटामा आंशिक क्षति पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्थायी रुपमा विमानस्थल खोल्ने विकल्पहरु छन् र यसलाई पुनस्र्थापना गर्न र पुनः सञ्चालन गर्न हामीलाई लामो समय चाहिएको छ ।”

सन् २०२२ मा छ वर्षको अन्तरालपछि सानाको विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पुनः खोलिएको थियो, जसले जोर्डनको राजधानी अम्मानलाई नियमित रूपमा यमनिया एयरलाइनमा नियमित सेवा प्रदान गरेको थियो।

सानाबाट उडान भर्नेहरूमा विदेशमा आपतकालीन उपचारको खोजीमा रहेका यमनीहरू पनि सामेल छन्।

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले एएफपीसँग भन्नुभयो, “यो आक्रमणले ‘उपचारका लागि विदेश जानुपर्ने बिरामीका लागि मानवीय पीडा बढाउनेछ’ र स्वास्थ्य सामग्री ल्याउन कठिन हुन सक्छ।”

मङ्गलबार हुथी विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्धविरामका लागि सहमति भएको र यसले रेड सीमा जहाजको स्वतन्त्रता सुनिश्चित गर्ने मध्यस्थ ओमानले जनाएको छ ।

घोषणा गरिएको सम्झौतामा इजरायलको बारेमा उल्लेख गरिएको छैन, हुथी विद्रोहीहरूले मङ्गलबारको आक्रमणको उचित जवाफ दिने बताएका छन् ।

हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य