२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पन्ध्र पुस्तकालयलाई प्रदेश सरकारको अनुदान

२०८२, २५ बैशाख बिहीबार १४:०६

काठमाडौँ | गण्डकीका १५ सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लाग गण्डकी प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ । प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा पुस्तकालय स्तरोन्नति अनुदान कार्यक्रमका लागि रु ३७ लाख बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयका अधिकृत हीराबहादुर थापा मगरका अनुसार सात पुस्तकालयले रु तीन लाख र आठ पुस्तकालयले रु दुई लाखका दरले अनुदान प्राप्त गरेका छन् । उक्त बजेट अनुसारको कार्यक्रम कार्यान्वयन भई अनुगमन र भुक्तानी प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बर्सेनि प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि अनुदान दिँदै आएको छ ।

प्रस्ताव माग गरी मापदण्ड पूरा गर्ने पुस्तकालय मात्र अनुदानका लागि छनोटमा पर्ने गरेका छन् । पुस्तकालय दर्ता, नियमित सञ्चालन, वार्षिक कार्ययोजना, संस्थागत सुशासनलगायतलाई आधार मानेर अनुदानका लागि छनोट गर्ने गरिएको छ । गत वर्ष रु ३० लाख बजेट वितरण गरिएकामा यो वर्ष बढाएर रु ३७ लाख पु-याइएको हो । पुस्तकालयले पुस्तक खरिद, फर्निचर, सूचना प्रविधिलगायतमा अनुदानको बजेट खर्च गर्नुपर्ने प्रावधान छ । पुस्तकालयलाई सामुदायिक अध्ययन केन्द्रका रुपमा विकास गर्दै भूगोल, इतिहास, कला, साहित्य, संस्कृति, पर्यटनलगायत विषयका पठन सामग्रीको व्यवस्थापनबाट गण्डकी प्रदेशको पहिचानलाई सुदृढ बनाउने उद्देश्य लिइएको छ ।

यो वर्ष अनदान प्राप्त गर्नेमा कास्कीको दीपशिखा, पोखरा सार्वजनिक पुस्तकालय, हिमालय पुस्तकालय, बागलुङको विद्यामन्दिर, स्याङ्जाको कालिका, लक्ष्मी स्मृति, अर्जुनचौपारी, जमजुङको लक्ष्मीनारायण, भोटेओडार, मुस्ताङको थाक, तनहुँको सिन्धु, गोरखाको त्रिभुवन, नवलपुरको शिवशक्ति, नवक्षितिज र फूलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ