१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पन्ध्र पुस्तकालयलाई प्रदेश सरकारको अनुदान

२५ बैशाख २०८२, बिहीबार १४:०६

काठमाडौँ | गण्डकीका १५ सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लाग गण्डकी प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ । प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा पुस्तकालय स्तरोन्नति अनुदान कार्यक्रमका लागि रु ३७ लाख बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयका अधिकृत हीराबहादुर थापा मगरका अनुसार सात पुस्तकालयले रु तीन लाख र आठ पुस्तकालयले रु दुई लाखका दरले अनुदान प्राप्त गरेका छन् । उक्त बजेट अनुसारको कार्यक्रम कार्यान्वयन भई अनुगमन र भुक्तानी प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बर्सेनि प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि अनुदान दिँदै आएको छ ।

प्रस्ताव माग गरी मापदण्ड पूरा गर्ने पुस्तकालय मात्र अनुदानका लागि छनोटमा पर्ने गरेका छन् । पुस्तकालय दर्ता, नियमित सञ्चालन, वार्षिक कार्ययोजना, संस्थागत सुशासनलगायतलाई आधार मानेर अनुदानका लागि छनोट गर्ने गरिएको छ । गत वर्ष रु ३० लाख बजेट वितरण गरिएकामा यो वर्ष बढाएर रु ३७ लाख पु-याइएको हो । पुस्तकालयले पुस्तक खरिद, फर्निचर, सूचना प्रविधिलगायतमा अनुदानको बजेट खर्च गर्नुपर्ने प्रावधान छ । पुस्तकालयलाई सामुदायिक अध्ययन केन्द्रका रुपमा विकास गर्दै भूगोल, इतिहास, कला, साहित्य, संस्कृति, पर्यटनलगायत विषयका पठन सामग्रीको व्यवस्थापनबाट गण्डकी प्रदेशको पहिचानलाई सुदृढ बनाउने उद्देश्य लिइएको छ ।

यो वर्ष अनदान प्राप्त गर्नेमा कास्कीको दीपशिखा, पोखरा सार्वजनिक पुस्तकालय, हिमालय पुस्तकालय, बागलुङको विद्यामन्दिर, स्याङ्जाको कालिका, लक्ष्मी स्मृति, अर्जुनचौपारी, जमजुङको लक्ष्मीनारायण, भोटेओडार, मुस्ताङको थाक, तनहुँको सिन्धु, गोरखाको त्रिभुवन, नवलपुरको शिवशक्ति, नवक्षितिज र फूलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार