१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरे

२५ बैशाख २०८२, बिहीबार १४:५४

काठमाडौँ | आगामी जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौँमा ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेको हो । घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले भने- ‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ । हाम्रो घोषणा राजनीतिक दलहरुले चाहने हो भने उपरोक्त उद्देश्यहरु सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ ।’

राजावादीहरुले तीन सुत्रीय माग पनि जारी गरेका छन् । जसमा पहिलो सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, दोस्रो सर्वधर्म, समभाव, पूर्ण धर्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना र तेस्रो केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरुप अहिलेको भन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार हुनुपर्ने रहेको छ । साथै समितिले आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरुप हुने बताएको छ ।

घोषणा सभामा समितिका पदाधिकारी सहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार