2026-09-15 04:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुनको आवश्यक : प्रतिवेदन

काठमाडौँ | राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयमै सम्पन्न गराउन छुट्टै कानुन आवश्यक रहेकामा जोड दिइएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा ‘राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथिको छलफल’मा सांसदलहरुले गौरवका आयोजना छनोटसम्बन्धी बेग्लै मापदण्ड आवश्यक भएकामा जोड दिनुभयो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले गौरवका आयोजनाको औँचित्यता, कार्यान्वयनको प्रक्रिया र निर्माण सम्पन्न भएका आयोजनाको सञ्चालनका सम्बन्धमा विशेष नीतिगत व्यवस्था हुन आवश्यक रहेको बताउनुभयो । “गौरवका आयोजना घोषणा भई अलपत्र पर्ने अवस्था आउन नदिन यससम्बन्धी बेग्लाबेग्लै मापदण्ड र कानुन आवश्यक छ”, उहाँले भन्नुभयो, “आयोजना अलपत्र हुँदा समय र बजेटको बर्बादी भइरहेको छ ।”

समिति सदस्य जगतबहादुर पार्कीले गौरवका आयोजना घोषणा हुने तर समयमै सम्पन्न नहुने समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिनुभयो । त्यस्ता आयोजनाको निर्माण सम्पन्न हुने समयावधि तोकिसकेपछि पनि अलपत्र पर्नु विडम्बना भएको जनाउँदै उहाँले पर्याप्त अध्ययन गरेर मात्रै योजना घोषणा गर्न सुझाव दिनुभयो ।

सांसद किरणबाबु श्रेष्ठले ‘नाम मात्र’को गौरवका आयोजना तोकेर जनतालाई झुक्याउन नहुने उल्लेख गर्दै उहाँले त्यस्ता आयोजना सम्पन्न गरेर देश र जनताले लाभ प्राप्त गर्ने अवस्था निर्माण गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु गोपीबहादुर सार्की अछामी, उदयबहादुर बोहरा, राजेन्द्रलक्षी गैरेले, जगप्रसाद शर्मा, शेखरकुमार सिंहले गौरवका आयोजना कार्यान्वयनमा देखिएका समस्याको गाँठो फुकाउने तथा निर्माण सम्पन्न आयोजनाबाट लाभ प्राप्त गर्न आवश्यक नीतिगत निर्णय हुनुपर्नेमा बताउनुभयो ।

समिति सभापतिसहितको टोलीले केही समयअघि राष्ट्रिय गौरवका आयोजनामध्ये गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, उत्तरदक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ