१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नीति तथा कार्यक्रम सकारात्मक’

२५ बैशाख २०८२, बिहीबार १७:०२

काठमाडौँ | सांसद प्रभु हजाराले सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक भएको उल्लेख गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले स्वास्थ्य, शिक्षा, खेलकूद, कृषिका क्षेत्रमा विशेष कार्यक्रम समावेश गरेको बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाको शिघ्र निर्माण गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै प्रदेश र स्थानीय सरकारको समन्वयमा विकास निर्माणको कामलाई गति दिने जस्ता विषय सकारात्मक र महत्वपूर्ण रहेको उहाँको कथन छ । सांसद दिनेशकुमार यादवले देशको भौतिक पूर्वाधार, सिँचाइ, कृषि, राष्ट्रिय गौरवका आयोजनालाई नीति तथा कार्यक्रमले केन्द्रमा राखेको भएपनि आगामी बजेटले त्यसलाई सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न भने बाँकी रहेको बताउनुभयो ।

उहाँले सुनकोशी डाइभर्सन आयोजनालाई प्रभावकारी रुपमा तत्काल अगाडि बढाउन माग गर्नुभयो । तराई मधेशका जिल्लामा खानेपानीको समस्या हुन लागेको, ट्यूवेल सुक्न लागेकाले सिँचाइ सेवा विस्तार गरेर पानीको सहज व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सांसद मेनकाकुमारी पोखरेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य र यर्थाथवादी रहेको बताउनुभयो । युवा स्वरोजगार कार्यक्रमलाई जोड दिएको, स्टार्टअप अवधारणालाई मूर्त रूपमा प्रस्तुत गरी नयाँ पन दिएको भन्दै उहाँले सबल कार्यान्वयनका लागि यथेष्ट बजेट व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद जावेदा खातुन जागाले नीति तथा कार्यक्रम सकारात्मक भएपनि केही विषयमा सुधार जरुरी रहेको धारणा राख्नुभयो । सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको संकल्प पूरा गर्नका लागि कार्यक्रमले मार्गदर्शन गरेको उल्लेख गर्नुभयो । उहाँले वन्यजन्तुको आत्रमणमा परेकालाई राहत दिने, बीमा गर्ने विषय कार्यक्रममा समावेश गरिएकामा प्रसन्नता व्यक्त गर्दै कृषिमा आत्मनिर्भर बनाउने, युवालाई सहभागी गराउने विषय समयसापेक्ष रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार