२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नीति तथा कार्यक्रम सकारात्मक’

२०८२, २५ बैशाख बिहीबार १७:०२

काठमाडौँ | सांसद प्रभु हजाराले सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक भएको उल्लेख गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले स्वास्थ्य, शिक्षा, खेलकूद, कृषिका क्षेत्रमा विशेष कार्यक्रम समावेश गरेको बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाको शिघ्र निर्माण गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै प्रदेश र स्थानीय सरकारको समन्वयमा विकास निर्माणको कामलाई गति दिने जस्ता विषय सकारात्मक र महत्वपूर्ण रहेको उहाँको कथन छ । सांसद दिनेशकुमार यादवले देशको भौतिक पूर्वाधार, सिँचाइ, कृषि, राष्ट्रिय गौरवका आयोजनालाई नीति तथा कार्यक्रमले केन्द्रमा राखेको भएपनि आगामी बजेटले त्यसलाई सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न भने बाँकी रहेको बताउनुभयो ।

उहाँले सुनकोशी डाइभर्सन आयोजनालाई प्रभावकारी रुपमा तत्काल अगाडि बढाउन माग गर्नुभयो । तराई मधेशका जिल्लामा खानेपानीको समस्या हुन लागेको, ट्यूवेल सुक्न लागेकाले सिँचाइ सेवा विस्तार गरेर पानीको सहज व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सांसद मेनकाकुमारी पोखरेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य र यर्थाथवादी रहेको बताउनुभयो । युवा स्वरोजगार कार्यक्रमलाई जोड दिएको, स्टार्टअप अवधारणालाई मूर्त रूपमा प्रस्तुत गरी नयाँ पन दिएको भन्दै उहाँले सबल कार्यान्वयनका लागि यथेष्ट बजेट व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद जावेदा खातुन जागाले नीति तथा कार्यक्रम सकारात्मक भएपनि केही विषयमा सुधार जरुरी रहेको धारणा राख्नुभयो । सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको संकल्प पूरा गर्नका लागि कार्यक्रमले मार्गदर्शन गरेको उल्लेख गर्नुभयो । उहाँले वन्यजन्तुको आत्रमणमा परेकालाई राहत दिने, बीमा गर्ने विषय कार्यक्रममा समावेश गरिएकामा प्रसन्नता व्यक्त गर्दै कृषिमा आत्मनिर्भर बनाउने, युवालाई सहभागी गराउने विषय समयसापेक्ष रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने