By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    20 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    10 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    13 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कार्यान्वयन योग्य योजनाको माग
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कार्यान्वयन योग्य योजनाको माग
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

कार्यान्वयन योग्य योजनाको माग

साझासवाल
Last updated: May 8, 2025 5:53 pm
साझासवाल
5 Min Read
Share

काठमाडौँ | सरकारले महत्वाकाङ्क्षी योजना तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न सांसदहरुले माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा सांसदहरुले नीति तथा कार्यक्रम र वार्षिक बजेटमा परेका योजनाको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताउनुभयो ।

आजको बैठकमा सांसद सुहाङ्ग नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्नुहुँदै त्यसको कार्यान्वयन पक्षलाई पनि महत्वका साथ हेरिनुपर्ने बताउनुभयो । “नीति सकारात्मक छ । यसको कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना समय र लागत पनि तयार पारियोस्”, उहाँले भन्नुभयो । विगतका वर्षहरुमा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकस्तरबाट शङ्का र आलोचना उठ्नु स्वाभाविक रहेको उहाँको टिप्पणी छ ।

त्यसैगरी आगामी आवको नीति तथा कार्यक्रममा युवालाई लक्षित गरी योजना तथा कार्यक्रम ल्याइनु सकारात्मक रहेको उहाँले बताउनुभयो । युवा सशक्तीकरण, सीप विकास, उद्यमशीलता प्रवद्र्धनलगायत विषयको कार्यान्वयन पक्षलाई मिहीन ढङ्गले हेरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै, धेरै वटा कानुन निर्माण तथा संशोधन गर्ने भनेर किटानका साथ नीति तथा कार्यक्रममा परेका विषयलाई पनि उहाँले सकारात्मक रुपमा लिइनुपर्ने बताउनुभयो । सबै राजनीतिक दल तथा नेतृत्वको काम गर्ने शैली फरक भए पनि देशलाई समृद्धितर्फ डो¥याउने सबैको एउटै गन्तव्य भएकाले सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद सुशीला थिङले जस्तोसुकै राम्रो नीति तथा कार्यक्रम ल्याए पनि प्रतिपक्षले त्यसले सधैँ विरोध गर्ने गरेको उल्लेख गर्नुभयो । राम्रोलाई राम्रो भन्नसक्ने संस्कृति विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्ने विगतको खराब अभ्यासलाई रोकिनुपर्ने माग पनि उहाँले गर्नुभयो । “मन्त्री र ठूलो नेताका क्षेत्रमा मात्रै बजेट नजाओस् । समान्यायिक विकास होस्”, उहाँले भन्नुभयो ।

नागरिकले विकास, रोजगार, सुशासन र भ्रष्टाचार निवारण खोजिरहेको उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट विनियोजनबीचको समन्वय र तादम्यता मिल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सांसद रुक्मिणी राना बराइलीले विगतका नीति तथा कार्यक्रममा परेका विषयहरु किन कार्यान्वयन हुन किन सकेनन् ? भन्ने प्रश्न गर्नुभयो । “एकीकृत बस्ती विस्तार गर्ने योजना कहाँ पुग्यो ? नेपालमा रासायनिक मल कारखाना खोल्ने कार्यक्रम कहाँ पुग्यो ? यस्ता धेरै कार्यक्रम विगतमा आउने गरेका थिए । तर त्यसको कार्यान्वयन कहाँ पुग्यो ?”, उहाँले भन्नुभयो ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन, रुग्ण उद्योग पुनःसञ्चालन गर्ने, खानी उद्योगहरु सञ्चालन गर्ने, पूर्वाधार निर्माणमा प्राथमिकता दिने, पुँजी निर्माणमा थप सहयोग पुग्नेगरी सरकारले वार्षिक नीति तथा कार्यक्रम ल्याएको उहाँले उल्लेख गर्नुभयो ।

सांसद शान्ति चौधरीले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमले सुशासन प्रवर्द्धन गर्ने, निजी क्षेत्रको आत्मविश्वास बढाउने, लगानीमैत्री वातावरण बनाउने, सङ्घीयता सवलीकरण गर्ने, अनावश्यक संरचना खारेज गर्ने, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लक्ष्य राखेका बताउनुभयो । त्यस्तै, शिक्षा र स्वास्थ्य रोजगारलगायत क्षेत्रमा पनि सुधारको प्रयास थालिएको उहाँको भनाइ थियो । सरकारको वार्षिक नीति तथा कार्यक्रमअनुसार बजेट ल्याइनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आएको बताउनुभयो । नीतिगत भ्रष्टाचार र कार्यान्वयन तहमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने लक्ष्य राखिएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै, स्थानीय उपजको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने आवश्यक भएको उहाँले बताउनुभयो । आन्तरिक उत्पादन र खपतलाई बढावा दिन भन्सार नीतिमा पुनरावलोकन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद प्रेमबहादुर महर्जनले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नसके मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्नका लागि सहयोगीसिद्ध हुने बताउनुभयो । त्यस्तै, सबै क्षेत्रको विकासलाई समान ढङ्गले हेर्ने तथा शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रमा सबै नागरिकको पहुँच पु¥याउने लक्ष्यका साथ नीति तथा कार्यक्रम आएको उहाँको दाबी छ ।

रातो मच्छेन्द्रनाथको जात्रालाई विश्वभर पहिचान दिन आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि पहल गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै, भौतिक पूर्वाधार योजनाको पुनःप्राथमिकीकरण गरेर चाँडो निर्माण सम्पन्न हुने र प्रतिफल दिने योजनालाई अघि बढाउने नीति सरकारले लिनु स्वागतयोग्य रहेको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणीय स्थल बनाउनका लागि पहल थालिनुपर्नेमा पनि सांसद महर्जनले जोड दिनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति देउवा
Next Article नेपाल-भारत सीमानामा ‘हाई अलर्ट’, हजारौ सशस्त्र प्रहरी परिचालित

You Might Also Like

काठमाडौँ - KTMविश्व

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

57 years ago
काठमाडौँ - KTMविश्व

स्पेनकै सबैभन्दा बृद्धा मानिएकी ११३ बर्षीय महिलाद्वारा कोरोनालाई जित्न सफल

57 years ago
झापा - JPमुख्य समाचारसमाज

बिर्तामोडबाट तीनवटा भारतीय कन्टेनर नियन्त्रणमा

1 year ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपत्रपत्रिकाबाटपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • [ठेगाना: प्लेसहोल्डर, काठमाडौं, नेपाल]
  • [फोन नम्बर: +977-XXXXXXXXXX]
  • [इमेल: [email protected]]

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्

हाम्रो टिम

प्रधान सम्पादक[नाम प्लेसहोल्डर]
संस्थापक अध्यक्ष[नाम प्लेसहोल्डर]
अध्यक्ष[नाम प्लेसहोल्डर]
प्रमुख कार्यकारी अधिकृत[नाम प्लेसहोल्डर]
सम्पादक[नाम प्लेसहोल्डर]
निर्देशक[नाम प्लेसहोल्डर]
सबै हेर्नुहोस्

विज्ञापनको लागि

[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?