२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुइ ठाउँमा सवारी दुर्घटना २ जनाको मृत्यु

२०८२, २६ बैशाख शुक्रबार १३:२३

काठमाडौँ । पाल्पा र डडेल्धुरामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । डडेलधुराको आलिताल गाउँपालिका–८ सुनखोलास्थित सडकमा भिनपा ००१ ह ०१२६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–४ कैनघाडी बस्ने बिक्रम विकको छोरा ४ वर्षीय बिबेक विकको बिहीबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जोगबुढा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी भैरहेको जनाएको छ । त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्दबाबा ड्यामसाईड नजिकै सडकमा लु १ क २५१७ नम्बरको टिपर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक रूपन्देही सियारी गाउँपालिका–२ घर भएका २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट