२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२६ बैशाख २०८२, शुक्रबार १४:३७

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सासंदहरूले कृषि–मलखाद तथा बीउबिजनको आपूर्ति तथा वितरण व्यवस्था, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।

उहाँहरूले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका निकायहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने, पुँजीगत खर्च ४० प्रतिशतभन्दा बढी हुननसक्दा राजस्व सङ्कलन र रोजगारी सिर्जनमा समस्या आएकाले पुँजीगत बजेट वृद्धि गरी कार्यान्वयनमा जोड दिनुपर्ने र जनतालाई शुद्ध पिउने पानीको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा सांसद सुरेन्द्रराज आचार्यले “वर्षायाम सुरु हुँदैछ, किसानलाई आवश्यक मलखाद तथा बीउबिजन जोहो गर्न धौधौ छ, गत वर्ष पनि मलको अभावले किसान मर्कामा परका थिए, मलको वितरण प्रणाली नमिल्दा विचौलियाले कालोबजारी गर्दा किसानलाई थप पीडाको महसुस भएको थियो, भारत सिमाना नजिक रहेका किसानले लुकीछिपी मल नल्याए खेती नै गर्न पाउँदैन, त्यसतर्फ सरकारको तत्काल ध्यान जान जरुरी छ” भन्नुभयो ।

उहाँले कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा शुद्ध पिउने पानीको अभाव रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा निर्माणाधीन पानी ट्याङ्कीहरु बजेट अभावका कारण सञ्चालनमा आउन नसकेकाले आवश्यक बजेट व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद सूर्यप्रसाद ढकालले भन्नुभयो, “१५ मिनेटको बाटो एक घण्टा लाग्छ, काठमाडौँ उपत्यकाको जाम कम गर्ने उपाय र विधि के हुन सक्छ, चार हजारभन्दा बढी निवेदन सिटिइभिटीमा दर्ता भएको १३ वर्ष नाघिसक्योे, हामीलाई अनुमति दिनुहोस्, कर तिर्छौं, रोजगारी दिन्छौँ, विद्यार्थी पढाउँछौँ, सरकारले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क पढाउँछौँभन्दा पनि किन अनुमति दिन सक्दैनौँ, समस्या कहाँ हो, त्यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।”

बैठकमा सांसद सुनिता बराल, सुशीला श्रीपाली ठकुरी, सूर्यकुमारी श्रेष्ठलगायतका सदस्यले भाग लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली