३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई भन्यो: भूलवश पनि भारतीय सीमानाभित्र प्रवेश नगर्नु,त्यहाँ जमानत पाउन मुस्किल छ

२६ बैशाख २०८२, शुक्रबार १५:३८

काठमाडौँ । काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई नेपाल र भातको सीमा क्षेत्रमा नजान आग्रह गरेको छ। दूतावासले भारत र पाकिस्तानबीच तनाव बढेकाले भूलवश पनि भारतीय सीमानाभित्र प्रवेश नगर्न भनेको छ।

दूतावासले नेपाल र भारतको बीचमा खुला सीमाना रहेको र केही ठाउँमा मात्र सीमानबारे सूचना रहेको उल्लेख गर्दै नेपाली र भारतीय नागरिक एक अर्को मुलुकमा खुला रुपमा हिँडडुल गर्न सक्ने अवस्था भए पनि चीन लगायतका तेस्रो देशका नागरिक भिसा बेगर यात्रा गर्न नसक्ने सूचित गरेको छ।

नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई हामी नेपाली गाइडहरुलाई आँखा चिम्लिएर विश्वास नगर्न, भूलवश पनि भारतीयी बोर्डरमा भिसा बेगर प्रवेश नगर्न र हचुवा ढंगले र व्यक्तिगत सावधानी अपनाउन आग्रह गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ, ‘भूलवश पनि भारत प्रवेश गरे दुई देखी ८ वर्ष जेल सजाय र जरिवना हुनसक्छ। साथै त्यहाँ जमानत पाउन मुस्किल छ।’

दूतावासले सूचनामा नेपाली र भारतीय सुरक्षा अंगले चेक जाँच बढाएको र संयुक्त गस्ती गरिरहेको उल्लेख गरेको छ। साथै भारतीय पक्षले सीमाका संवदेनशील क्षेत्रमा नियन्त्रण र जाँच बढाएको जनाइएको छ। नेपालबाट भारत जानैपर्ने भए पहिला नै भिसा प्राप्त गर्न पनि दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ। साथै आफ्ना नागरिकहरुलाई भारतीय सीमा चेकपोस्ट र सवारी साधनको फोटो नखिच्न समेत आग्रह गरेको छ। दूतावासले भारतमा रहँदा पनि अनुमति नभएका स्थानमा नजान नागरिकहरुलाई सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली