२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत सरकारको आग्रहमा एक्सले ८ हजार खाता बन्द गर्ने

२६ बैशाख २०८२, शुक्रबार १६:१०

काठमाडौँ । सामाजिक सञ्जाल माध्यम एक्सले भारतका आठ हजार खाता बन्द गरेको बताएको छ । अप्रिल २२ मा भारतको कश्मीरमा २६ जना पर्यटकको हत्यापछि भारत–पाकिस्तान तनावको अवस्थामा छन् । सोही पृष्ठभूमिमा एक्सले भारत सरकारको आग्रहमा ती खाता बन्द गराएको बीबीसीले जनाएको छ ।

बन्द गरिएका सामाजिक सञ्जाल खातामा पाकिस्तानका टेलिभिजन च्यानल डन तथा जियो टिभीलगायत धेरै पाकिस्तानी पत्रकारको खाता रहेको बताइएको छ ।
“आदेश पालना गर्दै हामी ती खाता भारतमा मात्र रोक्नेछौँ । हामीले त्यो प्रक्रिया सुरु गरिसकेका छौँ । तर, हामी भारत सरकारको मागसँग सहमत छैनौँ,” एक्सले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलमा एक पोस्ट गर्दै भनेको छ ।

खाताहरू रोक्ने निर्णय सजिलो नभएको बताउँदै एक्सले यो सञ्जाल अन्य भारतीयका लागि पहुँचयोग्य बनाइराख्न आदेशको पालना गरिएको बतायो । साथै सरकारले रोक्न दिएको आदेश अनावश्यक र सेन्सरसिपको जस्तै भएको उसले बतायो । एलन मस्कको स्वामित्वमा रहेको यो प्लेटफर्मले सम्भावित सबै कानुनी विकल्प खोजिरहेको बताएको छ ।

एक्सले यसअघि नै भारत सरकारविरुद्ध अर्को अदालती मुद्दा लडिरहेको छ । प्रधानमन्त्री मोदी सरकारले कानुनको दुरुपयोग गरी सञ्जालका सामग्रीमा सेन्सरसिप गराएको आरोपसहित मुद्दा दायर गरिएको हो । यसैबीच, भारत सरकारप्रति आलोचनात्मक विचार राख्ने वेबसाइट द वायरले भारतको आईटी मन्त्रालयको आदेशमा इन्टरनेट सेवा प्रदायकले उनीहरूको वेबसाइट रोकेको दाबी गर्दै यसलाई खुल्ला सेन्सरसिप भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली