३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध, सम्पादक भन्छन्-‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ

२६ बैशाख २०८२, शुक्रबार १७:२३

भारत सरकारले चर्चित अनलाइन मिडिया ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध लगाएको छ । शुक्रबारदेखि भारतभरबाट द वायरको  वेबसाइटमा पहुँच अवरुद्ध गरिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले भारतको सूचना प्रविधि ऐन, २००० अन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयको आदेशअनुसार उक्त वेबसाइट ब्लक गरिएको जनाएका छन् । द वायरले सरकारको यो कदमलाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन भन्दै सामाजिक सञ्जालमा कडा विरोध जनाएको छ । द वायरले वक्तव्यमा लेखेको छ, “भारतका लागि अत्यन्तै संवेदनशील समयमा सत्य, विवेकपूर्ण, निष्पक्ष र तर्कसंगत आवाजहरूलाई दबाउने यस्तो सेन्सरशिपको हामी विरोध गर्छौं ।”

भारतमा वेबसाइट ब्लक गरिएको यो घटना पछिल्ला महिनामा सञ्चारमाध्यममाथिको प्रतिबन्धको तेस्रो उदाहरण हो । यसअघि फेब्रुअरीमा तमिल भाषाको म्यागेजिन विकटनको वेबसाइट प्रधानमन्त्री मोदीमाथि व्यङ्ग्यात्मक कार्टुन प्रकाशन गरेपछि बिना पूर्वसूचना ब्लक गरिएको थियो । सो कदमविरुद्ध विकटनले मद्रास उच्च अदालतमा मुद्दा हालेपछि प्रतिबन्ध हटाउने आदेश आएको थियो । त्यस्तै, केही दिनअघि मात्रै केरलामा आधारित स्वतन्त्र मिडिया संस्था मक्तुब मिडिया को एक्स अकाउन्ट कानुनी मागका आधारमा भारतमा रोकिन पुगेको थियो । यसको विरोधमा संस्थापक सम्पादक अस्लाह कायालक्कथले यसलाई ‘प्रेस स्वतन्त्रतामाथिको हमला’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए । द वायरले सरकाको प्रतिबन्धविरुद्ध आवश्यक कानुनी कदम चाल्ने बताएको छ । “हामी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणबाट विचलित हुने छैनौं,” द वायरले वक्तव्यमा लेखेको छ ।

यसैबिच द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “कम्तीमा दुईवटा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरूलाई द वायर वेबसाइट पहुँच गर्न नसकिने कारण सरकारले उक्त साइट ब्लक गर्न आदेश दिएको बताएका छन् । भारतका केही पाठकहरूले भने ब्लक गर्ने आदेश पूर्ण रूपमा लागू नहुञ्जेलसम्म http://thewire.in सिधै पहुँच गर्न सक्ने सम्भावना छ । द वायर भारतमा भीपीएन मार्फत पूर्ण रूपमा पहुँच योग्य छ, त्यसैले ‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ । विदेशमा रहेका पाठकहरूले पनि हामीलाई सजिलै पहुँच गर्न सक्छन्, र हामी चाँडै नै एउटा मिरर साइट सुरु गर्दैछौं ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली