२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२८ बैशाख २०८२, आईतवार १४:००

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन, कृषि, सडक पूर्वाधारलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा भाग लिँदै उहाँहरूले विद्यमान समस्या समाधान गर्ने किसिमले आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने सुझाव दिनुभयो ।

सांसद अच्युतप्रसाद मैनालीले अहिले पनि लाखौँ भूमिहीन सुकुम्बासी रहेका बताउँदै उनीहरूको समस्या समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अञ्जनी श्रेष्ठले चिकित्सा अध्ययनलाई सुलभ र व्यवस्थित बनाउन सरकारसमक्ष माग गर्नुभयो ।

सांसद अनिशा नेपालीले जनतासँग प्रत्यक्ष सरोकार भएका सहरी विकास, ऊर्जा, खानेपानीलगायत विषयलाई समेटेर आगामी आवको बजेट विनियोजना हुनुपर्नेमा जोड दिनुभयो । सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि जाने श्रमिकको श्रम स्वीकृति र राहदानी वितरणलाई सहज बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अमरबहादुर रायमाझीले उदयुपरका विभिन्न स्थानका जीर्ण सडकको मर्मत र विस्तारका लागि बजेट व्यवस्थापन गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद डा अमरेशकुमार सिंहले बागमती नदीको हुलाकी पुल १५ वर्षसम्म पनि सम्पन्न नभएको भन्दै यथाशीघ्र निर्माणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अर्जुननरसिंह केसीले दक्षिण एसियाको क्षेत्रीय शान्ति र स्थिरताका लागि आतङ्कवादविरुद्ध लाग्नु सबैको दायित्व भएको बताउनुभयो ।

सांसद आश्माकुमारी चौधरीले सरकारको नीति तथा कार्यक्रममा उद्यमशीलता, रोजगारी उत्पादन, कृषिको व्यावसायिकीकरणलगायत विषय स्वागतयोग्य रहेका भन्दै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्ने, कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउनेलगायत किसानको पहुँचमा हुनेगरी बजेट विनियोजना गर्न सरकारसमक्ष माग गर्नुभयो ।

सांसद असिम शाहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहन गरी विदेशी मुद्रा हासिल गर्नेतर्फ आवश्यक नीतिगत सुधार, पूर्वाधार विकास गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उर्मिला माझीले सबैको साझा शत्रु गरिबी, अशिक्षा र बेरोजगारी हो भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै नेपालीको पहुँच वृद्धि गर्न सरकार समक्ष माग गर्नुभयो ।

सांसद ऋषिकेश पोखरेलले मोरङ्का उत्तर–दक्षिण बग्ने विभिन्न आठ खोला अघिल्लो वर्षको बाढीले कटान गरेर हालसम्म तटबन्ध बन्न नसकेका भन्दै वर्षायाम सुरु हुन लागेकाले खोलाको तटबन्दनका लागि बजेट विनियोजन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद एकना ढकालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको व्यवस्थापकीय सुधार गर्दै अध्यागमनलाई प्रभावकारी बनाउन, यात्रुमैत्री सेवा, सुरक्षित र सफा बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कालुराम राईले झापा र इलामको बीचमा पर्ने चुरिया पर्वतको नदीमा नयाँ प्रजातिको कछुवा फेला पारेको जनाउँदै यसलाई राष्ट्रिय चुरे संरक्षण आयोजनाको एकीकृत जलाधार व्यवस्थापनभित्र विशेष प्राथमिकतामा राख्न सरकारसमक्ष माग गर्नुभयो ।

सांसद किरणकुमार साहले जलवायु परिवर्तन प्रभाव र पूर्वाधारको कमजोरीले प्राकृतिक विपद्जन्य घटना बेहोर्नु परिरहेको भन्दै विपद् जोखिम न्यूनीकरणलाई दायित्वसहित विकासको आधारभूत रणनीतिका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । सांसद कुशुमदेवी थापाले बर्दियाको राजापुरमा उत्पादित धानलाई कर्णालीका विभिन्न क्षेत्रमा विस्तार तथा कृषि उत्पादन वृद्धि गर्ने किसिमले बजेट विनियोजना गर्न माग गर्नुभयो ।

सांसद गणेश पराजुलीले साना तथा मझौला उद्यमी व्यवसायीको उधारो कारोबारले समाजमा विभिन्न घटना घट्नसक्ने भन्दै उधारो कारोबारको रकम असूलीसम्बन्धी कानुन बनाउन माग गर्नुभयो । सांसद गङ्गा कार्कीले अदालतको परमादेश अनुसार सङ्घसंस्था दर्ता र नवीकरणको काम अगाडि बढाउन सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चन्दा कार्की (भण्डारी) ले स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयन गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले भारत र चीनको सिमाना जोड्ने कर्णाली करिडोर र भेरी करिडोर खण्ड अझै विस्तार हुन नसकेको भन्दै आगामी बजेटमा उचित व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले बागलुङको कालीगण्डकीमा बालुवा दोहन बढिरहेको भन्दै बालुवा, गिटी उत्खनन रोक्न सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद ज्वालाकुमारी शाहले न्याय र सुशासन कायम गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य