२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव

२८ बैशाख २०८२, आईतवार १४:२२

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उहाँले खर्च कटौतीका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका कर्मचारी एउटै हुने व्यवस्था गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको हो ।

“सार्वजनिक ऋण अहिले २६ अर्बभन्दा बढी पुगेको छ । राजस्वले साधारण खर्च धान्ने अवस्था छैन । यसका लागि खर्च कटौती कसरी गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ”, सांसद खतिवडाले भन्नुभयो, “राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने निवास फरक रहने अवस्था भयो भने यसले खर्च कटौतीमा सहयोग पुग्छ ।”

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको जिम्मेवारीमासमेत रहनुभएका खतिवडाले सरकारसँग संसद्लाई ‘बिजनेस’ दिन माग गर्नुभयो । उहाँले उहाँले संविधान संशोधनका लागि संसदीय समितिमा उठिरहेको विषयतर्फसमेत ध्यानाार्कषण गराउनुभयो ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले सरकारसँग नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तलब र सुविधा वृद्धिको माग गर्नुभयो । उहाँले वैदेशिक रोजगारीको बाध्यात्मक स्थितिको अन्त्यका लागि आन्तरिक रोजगारीको आर्कषण बढाउन तलब वृद्धि आवश्यक रहेको धारणा राख्नुभयो ।

छलफलका क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले वैधानिक बाटोबाट विप्रेषण भित्र्याउनका लागि सहजीकरण गर्न सरकारको ध्यानार्कषण गराउनुभयो । नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उहाँले संरक्षित वन, जङ्गललाई आम्दानीको स्रोत बताउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । उहाँले प्राकृतिक स्रोतसाधनको अधिकतम सदुपयोग गर्नपर्नेमा जोड दिनुभयो । “जङ्गल संरक्षण गर्न झण्डै ३० अर्ब खर्च गर्छौं । त्यसबाट हाम्रो आम्दानी कति हुन्छ ?”, सांसद साहले प्रश्न गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले आमनागरिकमा आएको निराशा अन्त्य गर्दै रोजगारी, शिक्षा, सहज स्वास्थ्य, कृषि, पर्यटनलगायत विषय केन्द्रमा राखेर आगामी आवको बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य