२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षमानलाई प्रधानमन्त्रीको जवाफ-“पैसावाद कि मान्छेवाद ल्याउने भन्दा मान्छेवाद ल्याउने नि !”

२८ बैशाख २०८२, आईतवार १५:०७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आसेपासे पुँजीवाद (कोर्नी क्यापिटलिज्म)लाई कुनै महत्त्व नदिने बताएका छन् । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले समाजवादी अर्थतन्त्रलाई सरकारले महत्त्व दिने बताए ।

“पैसावाद कि मान्छेवाद ल्याउने भन्दा मान्छेवाद ल्याउने नि ! अहिलेको सरकारले आसेपासे पुँजीवादलाई कुनै प्रसय तथा महत्त्व दिँदैन,” प्रधानमन्त्री ओलीले भने ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद वर्षमान पुनले बैठकमा सरकारले आसेपासे पुँजीवादलाई प्रसय दिएको आरोप लगाएका थिए । उनले नेपालमा स्वार्थ समूहका रूपमा आसेपासे पुँजीवाद मौलाएको टिप्पणी गरेका थिए ।

“विश्व पुँजीवादमा मूल समस्या भनेको कोर्नी क्यापिटलिज्म अथवा आसेपासे पुँजीवाद हो । नेपालमा पनि आसेपासे पुँजीवाद बिचौलिया समूहको रूपमा भित्रिरहेको छ,” प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा उनले भनेका थिए, “यो प्रभाव कसरी कम गर्न सक्छ नीति तथा कार्यक्रमले सुशासनमार्फत ? मेरो यो जिज्ञासा रहेको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली