२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पहलगामको आक्रमणमा ज्यान गुमाएका सुदीपको परिवारसंग भारतीय राजदूत श्रीवास्तवले भेट गरेका छन्

२८ बैशाख २०८२, आईतवार १६:३९

काठमाडौँ । नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले आतंकवादी आक्रमणमा मारिएका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्। राजदूत श्रीवास्तवले रुपन्देहीस्थित सुदीपको घरमा पुगेर उनका परिवारलाई भेटेका हुन्।

भेटमा उनले सुदीपप्रति संवेदना व्यक्त गर्दै दोषीहरूलाई कठघरामा ल्याउन भारत सरकार दृढ रहेको बताएका थिए। उनले पीडित परिवारहरूलाई न्याय दिलाइछाड्ने बताएको भारतीय दूतावासले जनाएको छ।

गत २२ अप्रिलमा भारतको पहलगाममा आतंकवादी आक्रमण हुँदा २६ जनाको ज्यान गएको थियो। जसमा सुदीप न्यौपाने एक थिए। घुम्नका लागि पहलगाम पुगेका बेला उनीमाथि हतियारधारी समूहले गोली हानी हत्या गरेको थियो।

भारतले त्यसविरुद्ध ‘सिन्दुर अपरेसन’ अभियान सञ्चालन गरी पाकिस्तानमा अखडा बनाएर बसेका आतंकवादीहरू केन्द्रित मिसाइल प्रहार गरेको थियो। उक्त आक्रमणमा आतंकवादी संरचनालाई परास्त गरेको भारतले दाबी गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम