३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

२९ बैशाख २०८२, सोमबार १४:२०

भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गर्नुभएको छ ।

एक सय २३ खेलमा ४६ दशमलव ८५ को औसतमा नौ हजार दुई सय ३० रन बनाउनुभएका कोहलीले भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियर समाप्त गरेको पाँच दिनपछि इन्स्टाग्राममा यो निर्णय पोस्ट गर्नुभएको हो ।

सन् २०११ मा पदार्पण गरेदेखि कोहलीले ३० शतक र ३१ अर्धशतक बनाउनुभयो । उहाँको उच्चतम स्कोर २५४ नटआउट थियो ।

“टेस्ट क्रिकेटमा मैले पहिलो पटक ब्यागी ब्लु लगाएको १४ वर्ष भयो”, २७ करोड १० लाख फलोअर्स भएको आफ्नो इन्स्टाग्रामको आधिकारिक फिडमा पोस्ट गर्दै ३६ वर्षीय कोहलीले भन्नुभयो, “इमान्दारीपूर्वक, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यो प्रारूपले मलाई कस्तो यात्रामा लैजानेछ । यसले मलाई परीक्षा गर्‍यो, मलाई आकार दियो र मलाई जीवनभरि लिएर हिँड्ने पाठहरू सिकायो, जसै म यो प्रारूपबाट टाढा जाँदैछु, यो सजिलो छैन –– तर यो सही लाग्छ । मैले यसलाई मेरो सबै कुरा दिएँ र यसले मलाई मैले आशा गरेको भन्दा धेरै बढी फिर्ता दिएको छ ।”

एक प्रेरणादायी व्यक्तित्व कोहली सन् २०२२ मा यस भूमिकाबाट अलग हुनुअघि ६८ खेलमा ४० जित र १७ हारका साथ भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुनुहुन्थ्यो ।

त्यसपछि ६० खेलमा २७ जितका साथ महेन्द्र सिंह धोनी र ४९ खेलमा २१ जितका साथ सौरभ गाङ्गुली हुनुहुन्छ ।

“खेलप्रति मैले मैदानमा साझा गरेका मानिसहरूप्रति र बाटोमा मलाई देखिएको महसुस गराउने हरेक व्यक्तिप्रति म कृतज्ञताले भरिएको हृदयले बिदा लिँदैछु”, उहाँले भन्नुभयो, “म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्नेछु ।”

पाँच दिवसीय खेलमा कोहलीको फर्मको कमी उहाँको सन्न्यास लिने निर्णय गरेको हुन सक्छ ।

सन् २०११ देखि २०१९ को बीचमा उहाँको औसत ५५ नजिक पुगेको थियो भने पछिल्लो २४ महिनामा यो सङ्ख्या घटेर ३२ दशमलव ५६ मा झरेको छ ।

कोहलीको अन्तिम टेस्ट जनवरीमा सिड्नीमा भएको थियो । उक्त टेस्टमा भारत पराजित भएको थियो र यससँगै अस्ट्रेलियासँग ३–१ ले शृङ्खला हारेको थियो ।

पर्थमा भएको पहिलो टेस्टको दोस्रो इनिङ्समा अपराजित शतक बाहेक कोहलीले पाँच टेस्टको शृङ्खलामा आठ पारीमा ९० रन मात्र बनाउन सक्नुभयो ।

छत्तिस वर्षीय कोहली अस्ट्रेलियाका स्टिभ स्मिथ, न्युजिल्यान्डका केन विलियम्सन र इङ्गल्यान्डका जो रुटसँगै पछिल्लो एक दशकमा टेस्ट क्रिकेटमा प्रभुत्व जमाउने महान ब्याट्सम्यानहरूको ‘फ्याब फोर’ चौकडीको हिस्सा हुनुहुन्थ्यो ।

‘किङ्ग कोहली’ उपनामले चिनिने उहाँ तीनवटा अन्तर्राष्ट्रिय ढाँचामा भारतको ब्याटिङको मेरुदण्ड हुनुहुन्थ्यो र गत वर्ष बार्बाडोसमा आफ्नो टोलीको विश्वकप फाइनल जितमा म्याच जित्ने पारीका साथ आफ्नो टि–२० करियरको अन्त्य गर्नुभएको थियो ।

त्यसपछि कोहलीले रोहितसँगै सबैभन्दा छोटो प्रारूपबाट बिदा लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली