२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘धरानवासीलाई खानेपानी उपलब्ध गराउ’

३० बैशाख २०८२, मंगलवार १३:१६

काठमाडौँ | प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा धरानवासीको खानेपानी समस्याबारे ‘सुनसरी उद्योग वाणिज्य सङ्घ’ले गत पुस १७ गते समितिमा पेस गरेको उजुरीको सम्बन्धमा भएको छलफलका क्रममा सांसदहरुले समस्या समाधानका निम्ति खानेपानी मन्त्रालय, खानेपानी विभाग, खानेपानी उपभोक्ता समितिलगायत सरोकारवाला निकायलाई समितिमा आमन्त्रण गरेर छलफल गर्नुपर्नेमा जोड दिइएको हो ।

सङ्घले धरानको खानेपानीको विवाद, खानेपानीको अभाव, वन क्षेत्रका सतहमुनि अथाह पानी रहेको, सहतमुनिको पानी धरानका जनताले उपभोग गर्न नपाएको, उद्योग व्यवसायीलाई पनि समस्या भएको, धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भएको र धरानको खानेपानीको विषयमा समितिले अनुगमन गर्नुपर्ने विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो ।

त्यसैगरी, समितिमा मकवानपुर उद्योग वाणिज्य सङ्घले यही वैशाख २५ गते पूर्व पश्चिम राजमार्गको हेटौँडाको रातोमाटेदेखि चौकोटोलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका स्थायी बासिन्दा मर्कामा परेका सडकका पुस्तौँ पुस्तादेखि बसोबास गर्दै आएपनि जग्गाधनी प्रमाणपूर्जा निजका स्वामित्वमा भएको लगायतका विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो । सो विषयमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलगायत सरोकारवाला निकायलाई आमन्तत्रण गरेर छलफल गरी समस्याको समाधान गर्नुपर्ने जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले धरानवासीको खानेपानीको समस्या समाधान गर्न समितिले सरोकारवालासँग छलफल गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले धारानवासीको खानेपानीको विवादको विषयलाई विस्तृत रुपमा अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । समितिले आज वार्षिक प्रतिवेदन–२०८१ परिमार्जनसहित पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली