२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशासन नसुधारिकन पानीजहाज र मोनोरेलको सपना देखाएर मात्रै नहुने :रास्वपा सांसद झा

३० बैशाख २०८२, मंगलवार १५:०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासन नसुधारिकन पानीजहाज र मोनोरेलको सपना देखाएर मात्रै नहुने बताएका छन् । विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दै उनले देशमा सुशासन सुधार गर्नुपर्ने अवस्था रहेको भन्दै सरकारले भने अर्कै सपना देखाउने गरेको उल्लेख गरे ।

उनले आवश्यकता र सरकारको प्राथमिकता फरक भएको भन्दै सुशासनको विषयमा जोड दिन आग्रह गरे । ‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज उद्घाटन गर्ने काम हुँदै छ,’ उनले भने ।

सरकारको आकार धेरै भएको उल्लेख गरे । सङ्घीयताको सबलीकरणका लागि धेरै संस्था खोल्यौँ पनि बन्द गर्नुपर्ने संस्था भने बन्द नभएको उनले बताए । तीन वर्षअघिको बजेटले ११२ वटा संस्था बन्द गर्ने भनेकोमा नभएको उनको भनाइ छ । आगामी दिनमा साङ्गठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधिका परिवर्तन गर्न उनले सरकारलाई सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली